शिक्षकहरुले भोलि पार्टीको सदस्यता जलाउने

शिक्षक् आन्दोलन

शिक्षकहरुले भोलि पार्टीको सदस्यता जलाउने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ चैत्र २०८१, ०३:२७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ चैत्र २०८१, ०३:२७

चैत २० गते बाट शुरु भएको शिक्षकहरुको आन्दोलन आज १२ औं दिन सम्म आइपुग्दा समेत सरकारले शिक्षकका माग सम्बोधन गर्न सकेको छैन । शिक्षकहरुले हरेक दिनको आन्दोलनमा फरक फरक शैलीको प्रदर्शन गरे पनि सरकार शिक्षकको माग सुनुवाई गर्ने भन्दा पनि कसरि शिक्षकहरुलाई धपाउने भन्ने रणनीतिमा लागेको देखिन्छ ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षकहरू आन्दोलित बनेको १२ दिन पुगेको छ । तर, उनीहरूको मागको हालसम्म सुनुवाइ हुन सकेको छैन । यस्तै सहमति जुटाउने प्रयासस्वरुप पटक पटक वार्तासमेत भए पनि निकास निस्कन सकेको छैन ।

माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौँमा सडक प्रदर्शन गर्दै आएका हुन् । १२ औं दिन सम्म सडक आन्दोलन गरि रहेका शिक्षकहरुले भोलि बाट पार्टीको सदस्यता जलाउने र स्वतन्त्र शिक्षक भएर आन्दोलन गर्ने सम्मको चेतावनी दिएका छन । शिक्षकहरुले भोलि नयाँ बर्षको सुरुवात संगै पार्टीको सदस्यता जलाउने कार्यक्रम समेत आयोजना गरेको श्रोतको दावी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस