मनहरीमा विश्वेश्वरको नाम बेचेर वडा अध्यक्षको छोरालाई छात्रवृत्ति

विश्वेश्वरको नाममा मनहरीमा लुट

मनहरीमा विश्वेश्वरको नाम बेचेर वडा अध्यक्षको छोरालाई छात्रवृत्ति

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८२, ०७:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ बैशाख २०८२, ०७:१७

बेला बेलामा विवादित बन्दै आएको मकवानपुरको मनहरी गाउँपालिका पुन झनै बिबादित बनेको छ । नेपाली कांग्रेसमा रहेर विश्वेश्वर प्रसाद कोइरालाको नाम भजाएर कति सम्मको लुट राजनीति गर्छन कांग्रेसीहरु भन्ने गतिलो उदाहरण बनेको छ मकवानपुरको मनहरी गाउँपालिका ।

देश संघिय गणतन्त्रमा गए पछी बनेको संरचनामा उपल्लो कोटिका नेताको नाम बेचेर भजन मण्डली हरु स्थानीय सरकार संचालन देखि प्रदेश सरकार र संघिय सरकार संचालनमा समेत सामान्य बिषयमा समेत र्याल काट्ने परम्पराले जनताले व्यवस्था माथिनै धावा बोल्न त्यतिकै सुरुवात गरेका हैनन् भन्ने कुरा मकवानपुरको मनहरी गाउँपालिकाको पालिका संचालन कार्यविधिले प्रस्ट पारेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका स्थानीय स्रोत साधन र आम्दानीको हिसावले सम्भावना बोकेको पालिका अन्तर्गत परिचित छ । आन्तरिक स्रोत अन्तर्गत पालिकाको आम्दानि के कति छ ?न पालिकाको प्रमुख प्रशासकीय अधिकृत रमेश सुबेदीले राख्न सकेका छन न त् पालिकाको बरिष्ठ लेखा अधिकृत राजेन्द्र भट्टराईलेनै राख्न सकेका छन ।  अघिल्लो बर्ष मनहरी गाउँपालिकाको आन्तरिक आम्दानि कति हो भन्ने समेतको हिसाव किताव न सुबेदी संग छ न भट्टराइ संग छ जे छ कसरि उपल्लो कोटिका नेताको नाम भजाएर आफ्नालाई पक्ष पोषण गर्न सकिन्छ भन्ने मात्र ध्याउन्न छ ।

“शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार, समृद्ध मनहरीको आधार” भन्ने स्लोगन राखेको मनहरी गाउँपालिकाले आफ्नै पालिकाको स्लोगनलाई समेत बेवास्ता गर्दै बिचौलियाको घेराबन्दीमा शिक्षा, स्वास्थ्य र कृषिमा जनप्रतिनिधिकै हालीमुहाली रहेको पाइएको छ । मनहरी गाउँपालिकाले शिक्षा क्षेत्रमा ठुलै लगानी गरेको भए पनि उपलब्धि भने सुन्य जस्तै रहेको छ । पालिकाले गरिव तथा जेहन्दार बिद्यार्थी लक्षित् गरेर गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति व्यवस्थापन कार्यक्रम संचालन गरे पनि उक्त छात्रवृत्ति धनि बर्ग लक्षित् देखिएको छ ।

पालिकाले २०८१ पौष ७ गते सुचना मार्फत मनहरी गाउँ पालिका भित्र रहेका गरिव तथा जेहन्दार बिद्यार्थीले छात्रवृत्तिको लागि निबेदन दिन गरेको सुचना अनुसार मनहरी गाउँपालिकाकै वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीले आफ्नो छोराको लागि समेत छात्रवृत्ति पाउ भनि निबेदन गरे र आफैले सिफारिस समेत गरे । पालिकाले २०८२ बैसाख १७ गते मनहरी गाउँपालिका बाट प्रदान हुने गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति उनै अध्यक्षका छोरा अस्मित उप्रेती सम्मले पाउने सुचना पालिकाले प्रकाशन गरे पछी छात्रवृत्ति कार्यक्रम विवादित बनेको हो ।

गरिव संग विश्वेश्वर शैक्षिक सहायता छात्रवृत्ति कार्यक्रम गरिव लक्षित् हुन् नसकेको आवाज उठान भएको छ । मनहरी गाउँपालिका ८ नम्बर वडा अध्यक्ष नारायाण उप्रेती जसको मनहरीमा जनसेवा क्रसर रहेको छ आफै निजि फोर्ड कम्पनीको कार लिएर सयर गर्छन ३/४ थान ट्रीपर उनकै रहेको छ १/२ थान जेसिवी समेत उप्रेतीको रहेको छ पारिवारिक सदस्य अमेरिका बस्छन आज उनकै परिवारका सदस्यलाई गरिव तथा जेहन्दार विद्यार्थीलाई प्रदान गर्ने छात्रवृत्ति मनहरी गाउँपालिकाले उनलाईनै प्रदान गरेको छ । पालिकाले प्रदान गर्ने सात हजार २ सय रकममा समेत र्याल काट्ने उप्रेतीले स्थानीय बजेट संचालनमा के गर्दा हुन् भन्ने प्रश्न खडा भएको छ । मनहरी खोला दोहन गरेर बर्षमा करोडौ करोडको कारोवार गर्ने वडा अध्यक्ष उप्रेतीले पालिकाको सात हजार २ सय मा किन र्याल काटे होला आम नागरिकको चासो र चिन्ताको बिषय बनेको छ ।

मनहरी गाउँपालिका भित्र आर्थिक अवस्था कमजोर रहेर बिद्यालय जान नसकेका सयौ छन तर पालिकाको सहयोग भने करोडौको धनी केन्द्रित रहेको छ । गरिव संग विश्वेश्वरको नाम भजाएर कांग्रेसीहरुले राज्यको ढुकुटी कहिले सम्म दोहन गर्ने हो । मनहरी गाउँ पालिकाले किन आफ्नै जनप्रतिनिधि लक्षित गरेर छात्रवृत्ति वितरण गर्यो ? वडा अध्यक्ष नारायण उप्रेती महेन्द्र किरण माध्यमिक बिद्यालय मनहरिका व्यवस्थापन समितिका अध्यक्ष् समेत रहेका छन उक्त विद्यालय बाट समेत उनले छात्रवृत्ति लिएका छन कि छैनन भन्ने बिषय खोजीको बिषय बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस