हेटौंडा , मकवानपुरका प्रमुख जिल्ला अधिकारि स्किम श्रेष्ठको सर्वत्र आलोचना भएको छ ।
गत चैत ३० गते हेटौंडा अस्पतालमा राखिएको मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बोर्ड हटाएर हेटौंडाका सामाजिक अभियान्ता सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरे लगायतका टिमले हेटौंडा अस्पतालको बोर्ड राखे पछीका दिनहरुमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको कार्यसैली प्रति नागरिक स्तर बाट सुरु भएको आलोचना एक साता नपुग्दै श्रेष्ठलाई हटाउनु पर्ने सम्मको आलोचना चुलिएको हो ।
सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई कुनै पनि हालतमा पक्राउ गर्न र आवश्यक कारवाही अगाडी बढाउँन श्रेष्ठले प्रहरीलाई निर्देशन दिएको खवर सामाजिक संजाल मार्फत फैलिए पछी श्रेष्ठको आलोचना सुरु भएको हो । जति बेला श्रेष्ठले उक्त निर्देशन दिएको खवर सामाजिक संजालमा फैलियो त्यहि समयमा प्रजिअ श्रेष्ठ बकैया गाउँपालिकामा भुमि पुर्जा वितरण कार्यक्रममा पुगेकी थिइन् भने उक्त कार्यक्रममा नेकपा एमालेका नेता एवं हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गाभ्ने निर्णयका मुख्यमन्त्री डोरमणि पौडेल संघिय सांसद महेश कुमार बर्तौला समेत उक्त कार्यक्रममा रहेका थिए ।
त्यस यताका दिनमा सुरु भयो श्रेष्ठको आलोचना । आलोचनाको घेराबन्दीमा परेकी श्रेष्ठले एमाले नेताको कुरा सुनेर मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको बोर्ड हटाउनेलाई पक्राउ गर्न निर्देशन दिएको आरोपकै कारण अन्तत श्रेष्ठलाई सडक देखि सामाजिक संजाल सम्म एमाले सिडिओको ट्याग समेत लाग्यो र सडकमा “एमाले सिडिओ फिर्ता जा” भन्ने सम्मको नारा गुन्जियो । सार्वजनिक स्थलमा सरकारी बेतनधारी कर्मचारी माथि दलिया ट्याग लाग्नु लगाईनु कर्मचारीको लागि भालिभाँती आलोचना हो ।
सिडिओ श्रेष्ठले सर्वपक्षिय बैठकमा समेत एमाले सित नरम र अन्य दल सित गरम भएको भन्ने कुरा बैठक बाट बाहिरिए पछी श्रेष्ठ झनै आलोचित हुन् पुगिन । श्रेष्ठले एमाले नेताको ईशारामा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई जसरि पनि थुन्नु पर्ने निर्देशन फरमान जारि गरेको भन्ने कुरा लिक हुने बितिक्कै माईति जिल्लामै सिडियो श्रेष्ठ प्रति स्थानीय आक्रोसित हुन् पुगेका थिए । सडकमा सिडियो श्रेष्ठ प्रति “मुर्दावाद” सम्मको नारा घन्कियो भने एमाले सिडिओ फिर्ता जा भन्ने नारा हेटौडाका सडक हुँदै गृह मन्त्रालय सम्म पुग्यो ।
सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुद्र दाहाल र राजकुमार घिमिरेलाई सहमतिमा सर्वपक्षिय छलफल गरेर विवाद समाधान गर्ने भनेर जब जिल्ला प्रहरी कार्यालयमा बोलाईयो त्यस पछी कुनै छलफलनै नगरी सिडिओ श्रेष्ठको आदेशमा हिरासतमा राखी म्याद थप गर्ने निर्णय भए पछी सिडिओ श्रेष्ठ जनताको सिडिओ नभएर एमाले कार्यकर्ता भएको आवाज र बिरोध सडक सम्म आइ पुग्यो । सिडिओ श्रेष्ठले पक्राउ परेकालाई ५ दिनको म्याद थप गरेर अनुसन्धान गर्न आदेश दिए पछी श्रेष्ठको आलोचना झन् चर्कियो ।
श्रेष्ठको आदेशमा थप गरिएको ५ दिनको म्याद २४ घण्टा पनि टिक्न सकेन । आफैले गरेको आदेशमा टिक्न नसकेको भन्दै श्रेष्ठको कार्यसैली प्रति नागरिक स्तर बाट आलोचना भएको छ । आफै ५ दिनको म्याद थप्ने अनि आफै प्रहरी प्रशासनलाई आजै राति सबै बयान लियर बिहानै पेस गर्न हुकुम दिने सिडिओको कस्तो कानुन हो ? नागरिकले गुनासो गरेका छन ।
सिडिओ श्रेष्ठले एमालेको दबाबमा पकाउ गर्न निर्देशन दिएको र सडकमा युवाको आन्दोलन आफु तिर केन्द्रित भए पछी दबाबमै छोडेको आरोप लागेको छ ।










प्रतिक्रिया