सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षा घेरामा फेरवदल गरेको छ । चैत १५ गते काठमाडौंमा भएको राजावादी समुहको आन्दोलन पश्चात सरकारले पुर्वराजाको सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा कर्मी अदलबदल गरेको जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन संगै सरकारले सुरक्षाका लागि खटिएको प्रहरी संख्यामा समेत कटौती गरिएको छ । डीएसपी जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।
सरकारले पूर्वराजाको सुरक्षाको लागि डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सुरक्षाकर्मीलाई हटाएर सशस्त्रले डीएसपी प्रमोद पाठकको नेतृत्वमा नयाँ टिम खटाएको छ ।
प्रकाशित मिति: १७ चैत्र २०८१, ०८:०६ बजे










प्रतिक्रिया