रविन्द्र मिश्र र धवल शम्सेरलाई थपियो पाँच दिनको म्याद

राजावादी समुह

रविन्द्र मिश्र र धवल शम्सेरलाई थपियो पाँच दिनको म्याद

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, ०७:०१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, ०७:०१

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी समुहको आन्दोलन भड्काउने कार्य गरेको आरोप सहित पक्राउ परेका रास्ट्रीय प्रजातन्त्र पार्टीका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ ।

तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो ।

प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका भद्र प्रसाद नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ । प्रहरीले पक्राउ गरेको दिन देखिनै गणना हुने भएकाले म्याद थप गरिएकालाई मंगलबार अदालत पेश गर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस