काठमाण्डौ बाट २० जना राजावादी पक्राउ

राजावादी पक्राउ

काठमाण्डौ बाट २० जना राजावादी पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०२:०१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०२:०१

नवराज सुबेदी संयोजक एवं दुर्गा प्रसाई जनकमान्डर रहेर चैत १५ गते काठमाडौंको तिनकुनेमा गरिएको प्रदर्शन भड्किए पछी सरकारले आन्दोलन भड्काउने कार्यमा लागेका राजावादीलाई खोजि खोजि पक्राउ गर्न थालेको हो  ।

राजधानीको तीनकुने घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप २० जनालाई पक्राउ गरेको छ । उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु र दर्जनौँ घाइते र तोडफोडका घटना भएका थिए । यससँगै उक्त घटनामा हाल ६२ जना प्रहरी हिरासतमा छन् । यसअघि पक्राउ परेका स्वागत नेपालसहितका व्यक्तिहरू भने संलग्न नदेखिएपछि रिहा भइसकेका छन् । राप्रपाका नेता कार्यकर्तालाई म्याद थप गरि अनुसन्धान समेत गरेको छ । आज पक्राउ परेका २० जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस