राष्ट्रिय गान बज्दा बज्दै सरकारले गोलि चलायो – नेपाल

सरकारले गोलि चलायो

राष्ट्रिय गान बज्दा बज्दै सरकारले गोलि चलायो – नेपाल

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०९:०९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ चैत्र २०८१, ०९:०९

चैत १५ गते शुक्रवार काठमाडौंको तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलनमा सरकार पक्षले गोलि चलाएर आन्दोलनलाई हिंस्रक बनाएको अन्दोलन परिचालन समुहका प्रवक्ता स्वागत नेपालले आरोप लगाएका छन ।

राजावादी समुहले शान्तिपूर्ण र्याली गरि रहेको अवस्थामा सुरक्षा निकायले प्रदर्शनमा रहेका देशभक्त नागरिक माथि दमन गरेको उनको भनाई रहेको छ ।

नेपाल भन्छन प्रदर्शन शान्तिपूर्ण थियो हामीले मन्च ब्यबस्थापन गरेका थियौ प्रदर्शनमा रहेका हजारौको र्याली बजारका बिभिन्न स्थानबाट कार्यक्रम स्थल आउंदै थिए मन्चमा कार्यक्रम सुरुवात हुँदै थियो राष्ट्रिय गान बज्दै गर्दा एक्कासि नजिकै रहेको घरको छत बाट अश्रू ग्यास टियर ग्यास मन्चमै ताकेर हानियो र हाम्रो शान्तिपूर्ण प्रदर्शन माथि दमन गर्न खोजियो ।

प्रधानमन्त्री के.पी शर्मा ओलीले चैत १४ गते युवा संघको कार्यक्रममा सार्वजनिक रुपमै प्रदर्शनकारी माथि बाघले झम्टिए जसरि आक्रमणमा उत्रन दिएको निर्देशन अनुसार शान्तिपूर्ण आन्दोलनमा के.पी शर्मा ओलीकै कारण आन्दोलन हिंस्रक बन्न गएको नेपालले बताए ।

चैत १५ गते राजावादीले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकार पक्षको दमनका कारण किर्तिपुरका २९ बर्षीय सविन महर्जन र पत्रकार शुरेस रजकको ज्यान गएकोले उक्त घटनाको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्ने नेपालले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस