हेटौंडाको समृद्ध नेपाल सहकारी भाग्ने तरखरमा बचतकर्ताले गुहारे प्रशासन

सहकारी भाग्दै

हेटौंडाको समृद्ध नेपाल सहकारी भाग्ने तरखरमा बचतकर्ताले गुहारे प्रशासन

व्यवस्थापक भन्छिन बचत फिर्ता गर्न कठिन छ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ बैशाख २०८३, १०:०६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ बैशाख २०८३, १०:०६

बिभिन्न आश्वासन र प्रलोभन देखाएर सहकारीमा सोझा जनतालाई बचत गर्न लगाउने र अन्तत बचत रकम हिनामिना गरि सहकारिनै भाग्ने रोग हेटौंडामा पनि देखिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक २ मा मुख्य कार्यालय रही देश भरका बिभिन्न शहरहरुमा साखा कार्यालय संचलान गरेको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीजस्तै बनेको हो ।

हेटौडा ४ कान्तिराजपथमा साखा कार्यालय रहेको समृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडमा करोडौं रकम अपचलन भएको पाइएको छ । हेटौंडा बजारका बिभिन्न ब्यापारी ब्यबसायीबाट बचत रकम कलेक्सन गरेको उक्त सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसके पछी उक्त सहकारी बचतकर्ताको करोडौ रकम हिनामिना गरि भाग्ने तरखरमा देखिएको हो ।

करोडौं रकम हिनामिना भएपछि सहकारीका अध्यक्ष लगायत सम्पूर्ण कर्मचारीहरू संस्था छोडेर फरार भएका छन्। सहकारी संस्थाले बचतकर्ताको रकम अपचलन गरेपछि हजारौं बचतकर्ताहरूको बचत डुबेको छ। यस सहकारीमा करिब २५ हजार को सङ्ख्यामा बचतकर्ताहरू रहेका छन् भने बचत रकम करिब १७ करोडको हाराहारीमा रहेको छ। १७ करोड बचत रकम हिनामिना गर्ने सहकारीलाई राज्यले तत्काल नियन्त्रण गरि बचत कर्ताको रकम फिर्ता गर्न पहल गरिदिन बचतकर्ताले अनुरोध गरेका छन ।

यतिका ठूलो रकम सहकारीले हिनामिना गरेको हो। हजारौं बचतकर्ताहरूको रकम हिनामिना पारेपछि अहिले सहकारीका अध्यक्ष लगायत सबै कर्मचारीहरुले कार्यालय छाडेका छन् भने बचतकर्ता को बिल्लीबाठ भएको छ। बचत रकम फिर्ता गर्न बचतकर्ताहरू धाउन थालेपछि एकाएक सहकारी कर्मचारीहरु बेपत्ता हुन थालेका हुन् ।

सहकारीले संस्थाका अघिल्ला कार्यकालका सञ्चालक समिति सदस्य तथा कर्मचारी र बचतकर्ताहरू माथि गरिएको लगानी नै ८ करोड उठ्न बाँकी रहेको संस्थाकी शाखा प्रमुख पार्वती कुमारी खनालले बताएकी छन्। उनले सहकारीको अहिलेको अवस्था निकै दयनीय रहेको र बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेको स्वीकारेकी छन् । उनका अनुसार अहिले सहकारीमा सम्पूर्ण कर्मचारी तथा संस्थाका अध्यक्षले नै राजनिमा दिएर बसेको बताएकी छन्। सहकारी डुब्दै गएपछि अध्यक्ष नारायण श्रेष्ठ,बजार व्यवस्थापक अनिता बिक लगायत सबैले सहकारी छोडेको उनले बताएकि छन् । हेटौंडामा रहेको सहकारीले बचतकर्ताको बचत रकम पटक पटक फिर्ता माग्दा उपलब्ध नगराए पछी बचतकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दर्ता गराएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहकारीको व्यवस्थापक र बचतकर्तालाई छलफलको लागि बैसाख २ गते प्रहरी कार्यालय बोलाएको छ । जनताको करोडौ बचत रकम हिनामिना गर्ने सहकारीलाई तत्काल कानुनि कारवाही गर्न बचतकर्ताले जोडदार माग गरेका हुन् ।

सयौं बचतकर्ताहरू सहकारीमा दिनहुँ धाउँदा समेत सहकारीले बचत रकम फिर्ता गर्न सकेको छैन भने आफूले जम्मा गरेको रकम डुबेपछि बचतकर्ताहरु समस्यामा परेका छन्। यस विषयमा सम्बन्धित सरकारी नियमनकारी निकाय भने मौन बसेको छ। करोडौं रकम अपचलन गरी अध्यक्ष सहित कर्मचारीनै फरार हुँदा समेत नियामक निकाय बेखबर बनेको छ । जसले गर्दा हजारौं बचतकर्ताको करोडौं रकम डुबेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस