बागमती गाउँपालिका वडा नम्बर ८ स्थित भुवनचुलि देउडीभञ्जाङमा मृत भेटिएका हेटौडा उपमहानगरपालिका १६ का ३८ बर्षिय मिलन दंगालको मृत्यु रहस्यमय र संकास्पद रहेको पाइएको छ ।सडक छेउको नालामा एक पुरुषको लास देखे पछी स्थानीयले बिहान ६ बजेर ५० मिनेट हाराहारीमा प्रहरीलाई खबर गरेका थिए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक विश्वम्भर नाथ शाह को कमाण्डमा प्रहरी टोलि खटि गई हेर्दा देउडी भज्याङबाट अन्दाजी ४०/५० मिटर तल मदनभण्डारी लोकमार्गको दायाँ साईडको नालामा दंगाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक् श्यामु अर्यालले बताए ।
भुवनचुली बागमतिमा मृत अवस्थामा भेटिएका मिलन दंगाल मृत अबस्थामा रहेको घटनास्थलमा पुगि मुचुल्का लगायतको काम सकि शव हेटौंडा अस्पतालमा राखिएको प्रनाउ अर्यालले बताए । दंगाला मृत्यु प्रकरण संकास्पद रहेको भन्दै आफन्तहरुले मदनभण्डारी लोकमार्ग अबरुद्ध पारेका थिए । घटनाको सम्बन्धमा सोधपुछ तथा अनुसन्धानको लागि ७ जना व्यक्तिहरु नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रनाउ अर्यालले बताए ।










प्रतिक्रिया