२५ करोडको भरिया कुसाङ मालिक पौडेल

भरिया कुसाङ

२५ करोडको भरिया कुसाङ मालिक पौडेल

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० चैत्र २०८१, ०८:५१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२० चैत्र २०८१, ०८:५१

काठमाडौंको टोखा बाट ना ७ ख १६५२ नम्बरको कन्टेनरसहित समातिएको २५ करोडको असली मालिक सिन्धुपाल्चोकको भोटेकोशीका नारायण पौडेल रहेको प्रहरीले बताएको छ । टोखा बाट डिब्बा गाडीमा फल्स बटम बनाई २५ करोड नगद सहित पक्राउ परेका कुसाङ लामालाई प्रहरीले विभागको जिम्मा लगाएको थियो ।

विभागले कुसाङलाई अनुसन्धान गर्दा उक्त रकमको मालिक पौडेल भएको खुलेको हो । पौडेलकै संलग्नतामा ५००, २००, १०० दरको जम्मा १३ लाख ७५ हजार १५० युरो र १००, ५० दरका ३ लाख २० हजार ८५० रुपैयाँ ९२५ करोड १९ लाख २४ हजार ९५० नेपाली रुपैयाँ रकम ट्रकमा लोड भएको सीसीटीभ फुटेज समेत पत्ता लगाइएको एक प्रहरी श्रोतको दावी रहेको छ ।

सिन्धुपाल्चोकको भोटेकोशीका पौडेल विवावादस्पद पृष्ठभूमि भएका व्यक्ति हुन् । उक्त रकमको असली मालिक रहेको तथ्य बाहिरीए पछी पौडेल फरार रहेका छन भने प्रहरीले पौडेललाई पक्राउ गर्न आफ्ना सबै संयन्त्र परिचालन गरेको बताएको छ ।

चीनबाट विभिन्न सामान ल्याएर बेच्ने गरेका पौडेल अहिले हुन्डीदेखि डलर र सुन तस्करीसम्म जोडिएका छन् । उनीविरुद्ध सार्वजनिक छाप दस्तखत कीर्तेमा समेत मुद्दा चलेको पाइएको छ । उनका दाजु राजकुमार माओवादी केन्द्रबाट २०७४ को चुनावमा भोटेकाशी गाउँपालिका अध्यक्षमा समेत निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा भने उनी नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका थिए । २५ करोडका मालिक भनिएका नारायण भने माओवादीमा आबद्ध रहेको जानकारहरू बताउँछन् ।

राजकुमारविरुद्ध समेत १५ करोड सुन तस्करीको प्रकरणमा मुद्दा चलेको थियो । त्यतिबेला उनी धरौटीमा रिहा भएका थिए । पछि सफाइ पाएका थिए । नारायणका अर्का भाइ बच्चु नेपाली कांग्रेसमा आबद्ध छन् । जेठा दाजु ध्रुव भने २०५४ सालमा एमालेबाट गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए । अहिले २५ करोडका मालिक भनिएका नारायण भने माओवादीमा आबद्ध रहेको जानकारहरू बताउँछन् ।

नारायणले रक्तचन्दनदेखि हुन्डी, डलर, सुनसम्मको अवैध कारोबार गर्ने गरेको दाबी प्रहरीको रहेको छ । २५ करोडको असली मालिक पहिचान भएका पौडेल फरार रहे पनि उनको अन्तिम लोकेशन टोखानै देखिएको प्रहरी अधिकारीको भनाई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस