हेटौंडामा राजाबादीको प्रदर्शन

हेटौंडामा राजाबादीको प्रदर्शन

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, ०५:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, ०५:१७

हेटौंडामा राजाबादीहरुले प्रदर्शन गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकटका संगठन राष्ट्रिय युवा मोर्चाले अहिले हेटौंडामा मोटरसाइकल र्यालीसहित बिरोध प्रदर्शन गरिरहेका छन् ।

हातमा प्लेकार्ड बोकेर राजाबादीहरुले हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजतन्त्र जिन्दाबाद, राज्य आतंक बन्द गर, मान्छे मार्न पाइदैन, गृहमन्त्री राजिनामा दे, हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका छन् ।

राप्रपा पार्टी कार्यालय हेटौंडा सानोपोखराबाट सुरु भएको बिरोध र्याली बजार परिक्रमा गरी सिमा चोकमा कोणसभा गर्ने तयारी रहेको राष्ट्रिय युवा मोर्चा मकवानपुरका अध्यक्ष बिबेक बिक्रम शाहले जानकारी दिए । सरकारले आन्दोलनलाई दमन गर्ने नागरिकलाई विना कारण पक्राउ गर्ने दुख दिने कार्य गरि रहेको अवस्थामा अब राष्ट्रिय युवा मोर्चाले चरणबद्ध आन्दोलन गर्ने शाहले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस