पक्राउ परेका राजावादीलाई म्याद थप गरि अनुसन्धान गर्ने तयारि

राजावादीलाई म्याद थप

पक्राउ परेका राजावादीलाई म्याद थप गरि अनुसन्धान गर्ने तयारि

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, १०:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ चैत्र २०८१, १०:१७

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले शुक्रबार भएको आन्दोलनमा पक्राय परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री धवल शम्सेर राणा लगायतका नेता कार्यकर्तालाई २४ घण्टा भित्र रिहाई गर्न सरकारपक्षलाई गरेको आग्रहको बेवास्ता गर्दै पक्राउ परेकाहरुलाई आज अनुसन्धानका लागि म्याद थप गर्ने तयारि गरेको प्रहरी उच्च श्रोतको भनाई रहेको छ ।

काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको क्रममा ११२ जना पक्राउ परेका छन् । सुरक्षा निकायले पक्राउ परेका सबैलाई स्क्रिनिङ गरि मुद्धा अगाडी बढाउने तयारि गरेको हो । आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले  आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोयल टास्क फोर्स (आरटीएफ)का कमाण्डर लगायत रहेका छन् ।

अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै  प्रहरीले पक्राउ गरेको थियो । उनीहरूमध्ये कसलाई कुन मुद्दा लगाउने भन्ने टुंगो लागिसकेको छैन । १५ गते भएको राजावादीको आन्दोलनका क्रममा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकले पक्राउ परेका नेता कार्यकर्तालाई २४ घण्टा भित्र बिनासर्त रिहाई नगरे देशभर आन्दोलन गर्ने राप्रापा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस