शैक्षिक क्षेत्रमा पछिल्लो समय निक्कै चर्चामा रहेको मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडाका सामुदायिक बिद्यालयले आज सामुहिक भेला गरि वडा भित्र रहेका बिद्यालयमा अध्यापन गर्ने शिक्षक शिक्षिकाले आफ्ना नानिबबुलाई अनिवार्य सामुदायिक बिद्यालयमा पढाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।
मकवानपुरगढी गाउँ पालिका ५ का वडा अध्यक्ष दिपेश दहालको अध्यक्षतामा आज सामुहिक बैठक बसी यस्तो निर्णय भएको बताइएको छ । “म बनाउछु मेरो बिद्यालय” नारा सहित अब मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा भित्र रहेका ७ वटा सामुदायिक बिद्यालयमा अध्यापन गराउने शिक्षक् शिक्षिकाले आफ्ना नानिबाबुलाई सामुदायिक बिद्यालयमा पढाउने लिखित प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा भित्र रहेका श्री सारदा माध्यामिक बिद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर कार्की श्री सरस्वति आधारभूत बिद्यालयका चतुर्भुज पौडेल श्री अमरसिंह आधारभूत विद्यालयका राजु संजेल श्री आधारभूत विद्यालयका प्रलाह्द घिमिरे श्री ज्योति आधारभूत बिद्यालयकि करुणा विष्ट श्री मन्जुश्री आधारभूत विद्यालयका कृष्ण प्रसाद आचार्य श्री उज्वल आधारभूत विद्यालयका इन्द्र बहादुर बस्नेतले सामुदायिक बिद्यालयमा कार्यरत शिक्षक् शिक्षिकाको नानीबाबुलाई अनिवार्य सामुदायिक बिद्यालयमा पढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
आज भएको सामुहिक बैठकमा सामुदायिक विद्यालयको शैक्षिक सुधार र आगामी रणनीतिको बिषयमा छलफल समेत भएको थियो । ५ नम्बर वडा भित्र रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि स्थानीय सरकार सधै प्रतिबद्ध रहेको वडा अध्यक्ष दिपेश दाहालले बताएका थिए ।
आज भएको सामुहिक बैठकमा मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा सचिव फणिन्द्र वि.सी वडा सदस्य सुकराम वडा सदस्य अर्जुन बहादुर रुम्वा वडा सदस्य नन्द कुमारी वि.क वडा सदस्य चन्द्र कुमारी हुमागाईं शिक्षा समिति सदस्य बलराम फुयाँल तेलीमाया घलान कमल प्रसाद संजेल लगायत बिद्यालय व्यवस्थापन समितिका पधाधिकारी शिक्षक् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
गत वर्ष एसईई परिक्षामा जिल्ला प्रथम हुन् सफल रहेको मकवानपुरगढी गाउँपालिका ५ को श्री सारदा माध्यामिक बिद्यालय लगायतका अन्य विद्यालयलाई समेत मकवानपुरको अग्रणी शैक्षिक संस्था बनाउन स्थानीय सरकार सधै सामुदायिक विद्यालयको स्थर उन्नतिमा लागि पर्ने वडा अध्यक्ष दिपेश दाहालले बताए ।










प्रतिक्रिया