हक्कीको नेशनल टिममा मकवानपुरकि प्रनिता

हक्कीको नेशनल टिममा मकवानपुरकि प्रनिता

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ चैत्र २०८२, ०६:२२ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ चैत्र २०८२, ०६:२२

नेपाल हक्की एशोशिएसनले सार्वजनिक गरेको हक्की खेल तर्फको राष्ट्रिय महिला टिममा मकवानपुरकि प्रनिता पुडासैनी चयन भएकी हुन ।

मकवानपुरको भिमफेदी गाउँपालिका ५ स्थाइ घर भएकी प्रनिताले हक्की खेललाई निरन्तरता दिदै आएकी थिइन । खेलकुदमा अब्बल खेलाडिको पहिचान बनाउन सफल प्रनिताले अब राष्ट्रको प्रतिनिधित्व गर्दै देशलाई चिनाउने भएकी हुन ।

बाल्यकालदेखि नै हक्की खेलमा रमाउदै आएकी प्रनिताले कलिलै उमेरमा राष्ट्रिय टिममा अनुबन्धन भएकी छिन । मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रनितालाई बधाईको ओइरो लाग्न थालेको छ ।

नेपाली हक्की एशोशियसनले सार्वजनिक गरेको राष्ट्रिय टिमको ५ नम्बरमा छनौट भएकी प्रनितालाई अब हक्की खेलमा फर्वाडको रुपमा देख्न पाइने भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस