ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

ओली र लेखकलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८२, ०५:५९ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ चैत्र २०८२, ०५:५९

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला सरकारी वकिल कार्यालय मार्फत प्रहरी परिसरले १० दिनको अनुमति माग गरेको थियो ।

चैत १४ मा प्रहरीले ओली र लेखकलाई पक्राउ गरेर आइतबार अदालतमा उपस्थित गराएको थियो । उनीहरू विरुद्ध भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा दमन गरेर किशोरहरूमाथि घातक हतियारबाट गोली प्रहार गर्ने आदेश दिएको आरोप छ ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखक सहित तत्कालीन केन्द्रीय सुरक्षा समितिका अधिकारीहरूलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार प्रहरीले उनीहरूमाथि ‘ज्यान सम्बन्धी कसुर’मा समेत अनुसन्धान गरिरहेको छ । पुर्व प्रधानमन्त्री ओलीको हकमा भने सम्पति सुद्धिकरण समेतको अनुसन्धान गर्ने तयारि भएको छ  ।

सो प्रतिवेदनको आधारमा प्रहरीले ओली र लेखकमाथि अनुसन्धान गरिरहेको छ । केन्द्रीय सुरक्षा समितिका सबै पदाधिकारीलाई आयोगले फौजदारी मुद्दा चलाउन सिफारिस गरे पनि मन्त्रिपरिषद्ले सुरक्षा निकायका अधिकारीहरूको हकमा छुट्टै समिति गठन गरेर अध्ययन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सुरक्षा समितिमा प्रहरीका आईजीपी, सशस्त्र प्रहरीका महानिरीक्षक, गृह मन्त्रालयका सचिव र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन् । जेनजी प्रदर्शनमा ७६ जनाको मृत्यु भएको थियो । यता एमाले नेता कार्यकर्ताले ओलीको रिहाईको माग गर्दै प्रदर्शन गरिरहेका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस