मकवानपुरमा रास्वपा जित्ने लिस्टमा नरहेको रास्वपाको भनाई

मकवानपुरमा रास्वपा जित्ने लिस्टमा नरहेको रास्वपाको भनाई

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ फाल्गुन २०८२, ०१:३७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ फाल्गुन २०८२, ०१:३७

यहि २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिसक्दा दलहरु आन्तरिक जोड घटाउमा लागिपरेका छन् । निर्वाचना होमिएका दलले कुन कुन प्रदेशमा कति सिट जित्न सकिन्छ भन्ने आन्तरिक जोडघटाउ गरिरहेका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरबाट प्रत्यक्षमा ५० सिट जित्ने दावी गरिरहँदा मकवानपुरलाई भने जित्ने सुचीमा राखेको छैन । २ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा जित निकाल्न मुस्किल रहेको सूचीमा राखेको तथ्य बाहिरिएको छ ।

बागमती प्रदेशको ३३ मध्ये १५ सिट जित्ने दावी गरेको रास्वपाले मकवानपुरको दुवै सिट जित्न नसकिनेको सूचीमा राखेको हो । बागमतीका मकवानपुर बाहेक चितवनको तीनै सिट, काठमाडौको निर्वाचन क्षेत्र नम्बर ३, ६, ७, ८ र ९ लाई जित सुनिस्चित भएको सुचीमा समावेश गरेको छ । यस्तै काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकको एकएक वटा, नुवाकोट र धादिङको दुइवटै क्षेत्र जित्न सकिने सुचीमा राखेको छ । जित्ने सुचीमा नरहेको तथ्य बाहिरिएसंगै रास्वपाका उम्मेदवार समेत निराश बनेका छन् ।

रास्वपाले मकवानपुर १ मा माओवादीबाट गएका प्रकाश गौतम र क्षेत्र नम्बर २ मा बालेनको टिमका भनिएका प्रशान्त उप्रेतीलाई उम्मेदवार बनाएको छ । जित्ने सुचीमा नहुनुका साथै टिकट वितरणमा आर्थिक लेनदेन गरेको आरोप लगाउँदै पार्टी सभापति भरत पराजुली, नेता निराजन बर्तौला लगायतले रास्वपा छोडेर कांग्रेस प्रवेश गरिसकेका छन् । अन्य नेताहरु समेत रास्वपा छोड्ने तयारीमा रहेको बताइएको छ । रास्वपाले जित्ने दावी गरेको ५० मध्ये १६ सिट रहेको सुदुरपश्चिममा ४ वटा, १२ निर्वाचन क्षेत्र रहेको कर्णालीको एक वा दुई, २६ निर्वाचन क्षेत्र रहेको लुम्बिनीमा ११ वटा, १८ क्षेत्र रहेको गण्डकीमा ८ क्षेत्र जित्ने दावी गरेको छ । यस्तै ३२ क्षेत्र रहेको मधेशमा ६ वटा र २८ क्षेत्र रहेको कोशीमा ७ वटा जित्ने दावी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस