आगामी २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन मुलुकको लोकतान्त्रिक अभ्यासलाई सुदृढ तुल्याउने एउटा महत्वपूर्ण कडी हो । लोकतन्त्रको यो सुन्दर अभ्यासलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रकोे भूमिका अपरिहार्य रहन्छ ।
यसै सन्दर्भमा, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समिति आमसञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई जिम्मेवार भूमिका निर्वाहका लागि यो अपिल जारी गर्दछ । जनतालाई सुसूचित गर्ने प्रक्रियामा सञ्चारकर्मीहरू अहोरात्र कार्यक्षेत्रमा खटिरहेका छन् । तर, सूचनाको प्रवाह गर्दा त्यसको संवेदनशीलतालाई मनन गर्नु उत्तिकै आवश्यक छ । सञ्चारकर्मीहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नलागी, तटस्थ रहेर सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नु आजको मुख्य आवश्यकता हो ।
यस विशेष घडीमा महासंघ सम्पूर्ण सदस्य एवं सञ्चारकर्मीहरूमा निम्न बुँदाहरूमा ध्यानाकर्षण गराउँदछः
क) आचारसंहिताको पूर्ण पालना – नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालद्वारा जारी ‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) का साथै निर्वाचन आयोगले जारी गरेको ‘निर्वाचन आचारसंहिता’ को अक्षरश ः पालना गर्न आग्रह गरिन्छ ।
ख) भ्रामक सूचनाको प्रतिरोध ः सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमबाट फैलिन सक्ने ‘मिस–इन्फर्मेसन’, ‘डिस–इन्फर्मेसन’ र वैमनस्यता फैलाउने खालका सामग्री (हेट स्पीच) प्रति सचेत रहँदै तथ्यपूर्ण समाचार मात्र प्रकाशन÷प्रसारण गर्न अनुरोध गरिन्छ ।
ग) विविधता र समावेशी आवाज ः समाचार संकलनका क्रममा समाजका अल्पसंख्यक, महिला, दलित र सिमान्तकृत समुदायका आवाजलाई समेत उचित स्थान दिई निर्वाचनलाई थप उल्लासपूर्ण बनाउन भूमिका खेल्नुपर्दछ ।
घ) सुरक्षा र सावधानी ः कार्यक्षेत्रमा खटिँदा आफ्नो व्यक्तिगत सुरक्षा र स्वास्थ्यको ख्याल गर्दै सम्भावित जोखिमप्रति सतर्क रहन बागमती प्रदेशका सम्पूर्ण सञ्चारकर्मीहरूमा महासंघ विशेष आग्रह गर्दछ ।
अन्त्यमा, निर्वाचनलाई एउटा उत्सवका रूपमा सफल पार्न र नागरिकको मताधिकारको सम्मान गर्न सञ्चार क्षेत्रले देखाउँदै आएको व्यावसायिक धर्मप्रति महासंघ गौरव गर्दछ । सबै सञ्चारकर्मीहरूलाई पेशागत मर्यादा उच्च राख्दै सन्तुलित र वस्तुनिष्ठ सूचना सामग्री सम्प्रेशण गर्न नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति हार्दिक अनुरोध गर्दै नेपाल पत्रकार महासघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले बिग्यप्ती मार्फत अनुरोध गरेका हुन ।
२०८२ फाल्गुन १८
सन्चारकर्मी र सन्चार माध्यामलाई मर्यादित भएर काम गर्न बागमती प्रदेश समितिको अपिल
सन्चारकर्मी र सन्चार माध्यामलाई मर्यादित भएर काम गर्न बागमती प्रदेश समितिको अपिल
प्रकाशित मिति: १७ फाल्गुन २०८२, ०१:२८ बजे
भर्खरै
-
१.
सिन्धुलीमा एमाले नेतृ दर्लामीले गरिन मतदाता माथि दुर्ब्यबहार
-
२.
जनताको मुद्धाको बिरुद्धमा लाग्ने रास्वपा उमेदवारलाई मत नदिन सामाजिक अभियान्ता महतको अपिल
-
३.
मकवानपुरमा रास्वपा जित्ने लिस्टमा नरहेको रास्वपाको भनाई
-
४.
सन्चारकर्मी र सन्चार माध्यामलाई मर्यादित भएर काम गर्न बागमती प्रदेश समितिको अपिल
-
५.
महालक्ष्मी उपाध्याय डिनाको संकल्प
-
६.
त्रिशूली नदीमा बस खस्यो १७ को मृत्यु २७ जना घाइते (नाम सहित)










प्रतिक्रिया