प्रधानमन्त्री र मुख्यमन्त्री दूई पटक मात्र हुन् पाउने

कांग्रेसका कुरा

प्रधानमन्त्री र मुख्यमन्त्री दूई पटक मात्र हुन् पाउने

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ फाल्गुन २०८२, ०४:३५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
७ फाल्गुन २०८२, ०४:३५

नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो ।

बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको जानकारी दिए ।

‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुई/दुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउन पर्‍यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस