हेटौंडा उपमहानगरपालिकाले २०८२ कार्तिक ३० गते निकालेको सार्वजनिक निजि साझेदारी अवधारणा अनुसार उपमहानगरपालिकाको एकीकृत फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलन ठेक्का पुन पटक-पटक विवादित बनेको ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रा.लिलाईनै पर्नुले उक्त ठेक्का अन्तत विवादित बनेको छ ।
हेटौंडा उपमहानगरपालिकाको वातारवरण साखा अन्तर्गत रहेने यो ठेक्का प्रक्रिया अन्तत बोलपत्र आसयको सुचना प्रकाशन पश्चात सेटिङको गन्ध देखिएको हो । सार्वजनिक खरिद ऐनको क्षेत्राधिकार समेतको बेवास्ता गर्दै यो ठेक्का सेटिङको आधारमा दिएको आरोप उपमहानगरपालिकालाई लागेको हो । २०७९/०८० मा हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन ठेक्का पाएको उक्त कम्पनीले उपमहानगरपालिकाको ठेक्का शर्त नियमवाली भित्र कार्य नगरेको भन्दै हेटौंडा उपमहानगरपालिकाले पटक पटक नसियतको पत्र समेत काटेको थियो । हेटौंडा उपमहानगरपालिकाले दण्ड जरिवना गर्नु पर्ने उक्त कम्पनीलाई पुन ठेक्का सेटिङ गरि पुरस्कृत गर्नुले पनि उपमहानगरपालिका नीतिगत भष्ट्राचारको अखडानै बनेको पाइएको हो ।
हेटौंडा उपमहानगरपालिकाको २०८२ कार्तिक १९ गते बसेको ७४ औं कार्यापलिका बैठकले उक्त सार्वजनिक निजि साझेदारी अवधारणा अनुसार उपमहानगरपालिकाको एकीकृत फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलन ठेक्काको कार्यक्षेत्रगत सर्त (TOR) स्वीकृत गर्ने निर्णय भएको भए पनि हेटौंडा उपमहानगरपालिकाले उक्त ठेक्कामा कार्तिक ३० गते बोलपत्र आवहृान गरेको ३ महिना पछी मात्र बोलपत्र आसयको सुचना प्रकाशन गर्नुले पालिकाले उक्त ठेक्का सेटिङको आधारमा दिएको आरोप उपमहानगरपालिकालाई लागेको हो । उपमहानगरपालिका स्रोतका अनुसार कार्यपालिका बैठकबाट ठेक्काको बोलपत्र निष्काशन गर्ने निर्णय पश्चात बनेको प्राबिधिक मूल्याङ्कन समितिमा समेत नाम हेरफेरी गरि ग्रीन एण्ड क्लिन सिटिलाई ठेक्का दिन सहमती जनाउने गरि समितिमा केही कर्मचारीलाई समितिबाट हटाएर अन्य दुई कर्मचारी थप गरिएको नगरपालिका श्रोतले बताएको हो ।
एकीकृत फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलनका लागि खोलिएको ठेक्का र त्रुटीपूर्ण प्रक्रियाको आधारमा हेटौंडा उपमहानगरपालिकाको जनप्रतिनिधि र कर्मचारी बीच मत बाझिएको छ । पटक पटक नगरपालिकाले नसियतको पत्राचार गरेको कम्पनीलाई पुन मुल्यांकन समितिले एकीकृत फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलनको ठेक्का प्रक्रियामा स्कोर चार्ट सिट समेत अन्तिम चरणमा आएर परिवर्तन गरि ठेक्का प्रक्रियामा हेराफेरी गरेको बिशेष स्रोतले बताएको हो । सम्बन्धित बोलपत्र खरिद कर्ताको तर्फबाट ठेक्का प्रक्रियाको मूल्यांकन प्रतिबेदन माग गर्दा समेत सुचना लुकाउने कार्य उपमहनागरपालिकाले गरे पछी उक्त ठेक्का प्रक्रियामा कैफियत रहेको बोलपत्र खरिदकर्ताले बागमती एक्सप्रेसलाई बताए ।
एक दशक बढी देखि हेटौंडाको फोहोर संकलन ठेक्का एउटा मात्र फर्मलाई पर्नुले पनि उक्त ठेक्का दिनुमा उपमहानगरपालिकाको कैफियत रहेको प्रष्ट हुने आधार रहेको स्थानीयको भनाइ रहेको छ । उपमहानगरपालिकाले बोलपत्र प्रकाशन गर्दानै स्पेक लक् गरेको आरोप समेत लाग्दै आएको थियो ।
हेटौंडा उपमहनागरपालिकाले यहि ठेक्कामा २०७९/०८० मा समेत सेटिङ गरेर ग्रीन एण्ड क्लिन सिटि सर्भिर प्रा.लिलाई ठेक्का सम्झौता गरेको तथ्य बाहिरिएको छ । उपमहनागरपालिकाले उक्त ठेक्का सम्झौतामा गरेको सेटिङकै कारण २०८२ फागुन १ गते प्रकाशन गरेको बोलपत्र आसयको सूचनाकै आधारमा यो पटक पनि सेटिङ गरेको तथ्य स्थापित हुन् आउने जानकारहरु बताउछन । उपमहानगरपालिकाले २०७९/०८० मा निकालेको ठेक्कामा ४ वटा कम्पनीले सारभूत बोलपत्र खरिद गरेको अवस्थामा उक्त ठेक्का बदनियतपूर्ण तरिकाले सार्वजनिक खरिद ऐन बिपरित ग्रीन एण्ड क्लिन सिटि सर्भिर प्रा.लिलाई दिएको तथ्य बाहिरिएको हो ।
२०७९/०८० मा फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलन गर्ने सम्बन्धि बोलपत्रमा एन.के.इन्टरनेसनल कन्स्ट्रक्सन प्रा.लिले साट्ठी लाखमा उक्त बोलपत्र खरिद गरेको थियो भने नमस्ते गार्डेनिङ कन्सल्टेन्सी प्रा.लिले ५ लाख ६६ हजार दुई सय सन्ताउन्नमा बोलपत्र खरिद गरेको थियो । सोहि ठेक्का क्रीयटिभ सरसफाई प्रा.लिले ४३ लाख १२ हजार ८० मा खरिद गरेको हुदा हुदै पनि तत्कालिन समयमा हेटौंडा उपमहनागरपालिकाले उक्त ठेक्का सबै भन्दा कम मुल्यमा खरिद गरेको ग्रीन एण्ड क्लिन सिटि सर्भिर प्रा.लिलाईनै दिनु पनि उपमहानगरपालिकाको बदनियता रहेको प्रष्टै हुन्छ । साठी लाखमा काम गर्ने कम्पनीलाई ठेक्का नदिएर उपमहनागरपालिकाले ५ लाख पैसाठी हजारमा बोलपत्र खरिद गरेको ग्रीन एण्ड क्लिन सिटि सर्भिसलाई ठेक्का देको हो । उपमहनागरपालिकाले त्यति बेला ५५ लाख बरावरको राजस्व घाटा व्यहोरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाले गरेको अर्को सेटिङले पनि फोहोरमैला व्यवस्थापन तथा सेवा शुल्क संकलन ठेक्कामा बदनियत छ भन्ने आधार प्रमाणबाट पुष्टि हुन्छ । उपमहानगरपालिकाले २०७९ पुष १ गते देखि २०८२ मंगसिर मसान्तसम्म सम्म फोहोर संकलन तथा व्यवस्थापनको लागि ठेक्का पाएको ग्रीन एण्ड क्लिन सिटि सर्भिस प्रा.लिले खुलम खुल्ला ठगि धन्दा गर्दा पनि हेटौंडा उपमहानगरपालिका भने ठगि गर्ने माथिनै थप पुरस्कृत गरि रहेको पाइएको हो । फोहोर संकलनको ठेक्का मंगसिर मसान्त सम्म मात्र रहेको अवस्थामा ग्रीन एण्ड क्लिन सिटिले नागरिक संग २०८३ असार सम्मकमो शुल्क उठाएर ठगि गरेको स्थानीयले बताएका हुन् ।










प्रतिक्रिया