नेपाली सेनामा श्रीमती बटुल्ने लेखापाल

ब्रेकिङ

नेपाली सेनामा श्रीमती बटुल्ने लेखापाल

जंगी अड्डामा जगडिएको मालपानी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ फाल्गुन २०८२, ०९:१८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२ फाल्गुन २०८२, ०९:१८

जंगी अड्डा तिरका सेनाका हाकिमहरु मौला मस्तानामा माहिर मानिन्छन । धन कुम्लाएका हाकिमहरु जवानी बेफ्वाकमा फाली रहेका छन । सेनाको अड्डा तिरका हाकिम साहेव हरुलाई धन बटुल्न खासै उति गाह्रो लाग्दैन।अख्तियारबाट डामिने खतरा नरहे पछी मालपानी बन्दोवस्त गर्न कुनै रोक छेक छैन ।

नेपाली सेनाको सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. बारा जिल्ला स्थाई घर भई सेनाको मुख्यालयमा आर्थिक पार्टोको मुखिया भए पछी काठमाडौं महानगरपालिकामा समेत अलिसान बंगला जोडेका मधु अधिकारीले सैनिक पृष्टभूमिमा सामाजिका पारिवारिक र सैनिक पृष्टमा समेत आतंकित गर्ने गरेको तथ्य सार्वजनिक भएको हो।

सैनिक कल्याणकारी निर्देशनालयमा कार्यरत लेखा सु.क. मधु अधिकारिको रामराज्यले नेपाली सेनाकै बदानाम हुने गरेको बताइन्छ।सामान्य लेखाको सु.क.रहेका अधिकारि नेपाल सरकारले मापन गरेको तलव सुबिधा चालिस हजार हाराहारीमा रहने भए पनि अधिकारीले करोडौ सम्पति बिभिन्न सेटिङ मार्फत आर्जन गरेको पाइएको हो।धन र स्त्री भने पछी परिवार समेतलाई बन्धकी राख्न पछी नहट्ने अधिकारिकै कारण आज उनको परिवार मानसिक रुपमा विछिप्त बनेको छ।

सेनाका लेखा सु.क. अधिकारीले बाराकै प्रतिमा खरेल नामकि महिला संग बिहे भएतापनि धनगढीमा जागिर गर्ने क्रममा २०६२ सालमा तेतै तिरकी ममता बम लाई मायाजालमा पारी ढांटछल गरी कैलालीकै  घोडाघडी मन्दिरमा सिन्धुरहाली दोश्री धर्म पत्नी बनाएकी ममता बमलाई अहिले बिभिन्न बहाना बनाएर घर निकाला सम्बन्ध बिच्छेद जस्ता कार्य गरे पछी उनको सैनिक जागिर जीवनको काला कर्तुत सार्वजनिक भएका हुन् । सैनिक लेखा सु.क अधिकारीले श्रीमती ममता र दुई छोरा पर्वत अधिकारि र रिदम अधिकारीलाई मानसिक तनाब दिने डर धम्कि दिने जस्ता कार्यले पटक पटक आत्महत्या समेत गर्न खोजेको पाइएको हो।

आफ्ना पतिले दिएको पिडा दुख समेटेर ममता अधिकारीले सैनिक जंगी अड्डालाई सम्बोधन गरि न्यायको माग गर्दै २०८१ जेठ २४ गते दिएको निबेदन समेत जंगी अड्डाले दर्ता गर्न नमाने पछी ममता बम अधिकारि र दूइ छोरा मानसिक रोगको सिकार बनेको बताइन्छ।

नेपालि सेनाका माथिल्लो तहका हाकिम समेतलाई प्रलोभनमा पारि अधिकारीले श्री इन्जिनियरिंग तथा कल्याणकारी कार्य निर्माणबाट निस्काशन हुने ठेक्का बोलपत्रमा समेत सेटिङ गर्ने गरेको तथ्य बाहिरिएको हो । लेखा समुहले अन्तिम टिप्पणी उठाउने उक्त ठेक्कामा अधिकारीको बोल कबोल चल्ने गरेको र उनैले सेटिङ गर्ने गरेको तथ्य प्रस्टै हुन्छ।

सेनाले निकाल्ने बोलपत्रमा लेखा समुहका अधिकारीले आन्तरिक सेटिङ कसरि गर्छन भन्ने कुरा सेनाले २०८२ भाद्र ३० गते प्रकाशन गरेको बोलपत्रबाट प्रस्ट हुन्छ।उक्त बोलपत्रमा २ करोड भन्दा माथीको ठेक्कामा बिभिन्न योग्यताको स्पेसलक् राखिएको छ भने २ करोड मुनिको ठेक्कामा सबै खुल्ला गरि सेटिङकै आधारमा काम गर्न सकिने मापदण्ड तयार गरिएको छ।जबकि सोही प्रबृत्तिको ठेक्का संचालन गर्ने सेनाकै अर्को युनिट (जुन रक्षा बजेट संचालन) स्थपति निदेशनालयमा PPMO तथा सार्वजनिक खरिद नियमावली संग मेल खाने गरी स्पेक तथा अन्य योग्यताको माग हुन्छ तर यस कल्याणकारी निर्माणको ठेक्का संचालन गर्ने युनिटबाट माग भएको कागजाद तथा अन्य बिबरणहरु सार्वजनिक नियमावली तथा PPMO ले बनायको नियम भन्दा नितान्त बिपरित र फरक (जुन सेटिङ्ग लाई मात्र मिल्नेगरी) सेटिङ भएको प्रस्ट हुन्छ।यो समेत २०८२ भाद्रमा प्रकाशन भएको ठेक्काको सुचनाबाट प्रष्ट हुन्छ।

सेनाका आर्थिक विभागमा रसपानमा झुमिएका मधु अधिकारि सेनाका उपल्ला हाकिम समेतलाई रिझाएर आर्थिक भण्डारणमा माहिर बनेका छन भने सेटिङ र असुलिमै देखिन्छन।नेपालि सेनाको सैनिक कल्याणकारी निर्देशानालयमा सेटिङ मास्टरको रुपमा परिचित अधिकारिकै कारण बिभिन्न सेनाको ठेक्का विवादित बनेको हो।

श्रीमती र दुई छोरालाई मानसिक बिरामी बनाएर सेनाका लेखा सु.क. अधिकारिले अन्य महिलालाई समेत प्रलोभनमा पार्ने गरेको भेटिएको छ।घरकी श्रीमती र दूइ छोरालाई मानसिक बिरामी बनाएर अधिकारि अन्य महिला संग रासलिलामा समेत रहेको उनकी श्रीमती ममता बम अधिकारीले बताएकी हुन् । बिशेष सैनिक स्रोतका अनुसार मधु अधिकारीले ममता बमलाई भित्र्याय पश्चात चितवन तिरको एक गूरुङ्सेनी केटीलाई पनि ईन्गजेमेण्ट गरेका थिय र उकत केश ममता आफैले सल्ट्याएको बुझिएको छ।त्यस पश्चात हाल कल्याणकारी निर्देशनालयमा बिभिन्न कामको लागी आउने एकल महिला समते झण्डै ५ जना महिला संगको प्रेमलाई समेत ममताले बिथोलेकी छन्।सोही रिसमा हाल उनी रेश्मा क्षेत्री नाम गरेकी सेनामा नै हुंदा बिभिन्न केश लागी जागिर गुमाएकी भु.पु. सेनाकी श्रीमति र त्यही भु.पु. बाट जन्म भएको १ छोरा सहित हातिगौडा एरियामा घरमजम गरी बसेका छन । तेश्री श्रीमतिको रुपमा रेश्मालाई २०८१ को माघ महिनामा दक्षिणकाली मन्दिरमा गई सिन्धुर हालेर गुपचुप भित्र्याएको तथ्य सार्वजनिक भएको हो।

सेनाको ठेक्कामा सेटिङ र असुलि गर्नु परिवारलाई मानसिक बिरामी बनाउनु र एकै पटक ५/१० भन्दा बढी श्रीमती जम्मा गर्नु कुन सैनिक ऐन, नेपाल सरकारको नियम तथा कानुनले दिएको छ ?  जति जहा रिपोर्ट गर्दा पनि केही नलागे पश्चात नेपाल सरकार प्रधानमन्त्रिको कार्यलयबाट संचालित हेलो सरकारमा दिएको निवेदन प्रधानसेनापितको कार्यालयमा समेत पुगी सकेको अवस्थामा पनि किन निज मधु अधिकारी माथी केही छानबिन तथा सोधपुछ नभएको हो । माथी सम्म नै पावर र पैसाको धम्की दिई पटक पटक छोरा तथा श्रीमितलाई धम्क्यान सुरु भई सकेकको अवस्थामा समेत किन यस्ता सेनाका लेखापाललाई कारवाही गर्क नसकिएको वा नगरिएको हो ? आम नागरिकले प्रश्न गरेका छन्  ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस