स्कुल बस दुर्घटना २६ विद्यार्थी घाइते ३ को अवस्था गम्भीर

स्कुल बस दुर्घटना २६ विद्यार्थी घाइते ३ को अवस्था गम्भीर

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ माघ २०८२, ०७:५६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२९ माघ २०८२, ०७:५६

बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताउनुभयो । घाइते विद्यार्थीको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस