जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागुऔषध खैरो हिरोईन सहित २ जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १९ स्थित एक होटेलको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर सुचना अधिकारी पुष्कर बोगटिले बताएका हुन ।
बस्तिपुर स्थित होटेलमा शंकास्पद रुपमा बसीरहेका जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं. ०३ बस्ने वर्ष २४ को बिजय मोक्तान र हेटौडा १२ बस्ने वर्ष २४ को सुवर्ण घलानको साथबाट लागूऔषध खैरोहेरोईन जस्तो देखिने पदार्थ २२० मिलिग्राम फेला परेको प्रहरीले बताएको हो ।
लागुऔषध सहित पक्राउ परेका बिजय मोक्तान सुवर्ण घलानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको बोगटिले बताए ।
प्रकाशित मिति: २८ माघ २०८२, ०४:५४ बजे










प्रतिक्रिया