मकवानपुर क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका रामबहादुर थोकर मंगलबार आफ्नै जन्मस्थान पुगे । कैलाश गाउँपालिकाको नामटार मर्याङकोट जहाँ उनको जन्म भएको थियो, आफू उम्मेदवार बनेपछि उनी आफ्ना मतदातासँग प्रत्यक्ष संवादका लागि त्यहाँ पुगेका थिए । उनको जीवन र राजनीतिक चेतनाको यात्रा सुरु भएको स्थानमा उनलाई स्थानीयले भव्य स्वागत गरे र चुनावमा जितका लागि अग्रिम बधाई पनि दिए ।
जन्मथलोको माटो टेक्नेबित्तिकै थोकर स्थानीय मतदातासँग घुलमिल भए । टोलटोलमा पुगे, पुराना चिनजानसँग भलाकुसारी गरे र नयाँ पुस्तासँग पनि खुलेर संवाद गरे । यही क्षेत्र आफ्नो जन्मस्थान भएकाले यहाँका मतदाताले आफूलाई मत दिएर संसदसम्म पठाउने अपेक्षा उनले राख े। चुनाव जितेमा आफ्नो जन्मभूमिको समग्र विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले स्थानीयसमक्ष व्यक्त गरे ।
उम्मेदवारी दर्ता गरेयता थोकर सशक्त र तीव्र चुनावी अभियानमा सक्रिय छन् । औपचारिक कार्यक्रमभन्दा पनि प्रत्यक्ष भेटघाट, आमनेसामने संवाद र नागरिकको कुरा सुन्ने अभियानलाई उनले मुख्य रणनीति बनाएका छन् । गाउँबस्ती, टोल र सार्वजनिक स्थलमा पुगेर मतदातासँग संवाद गर्ने क्रममा उनले आफ्ना राजनीतिक विचार, अडान र प्रतिबद्धता स्पष्ट पार्दै विश्वास जित्ने प्रयास गरिरहेका छन् ।
स्थानीयसँगको संवादमा थोकरले हिन्दु धर्मको संरक्षणलाई आफ्नो प्रमुख दायित्वका रूपमा प्रस्तुत गरे । राप्रपा ‘एक भोट राष्ट्रलाई, एक भोट हिन्दु शास्त्रलाई’ भन्ने सन्देशसहित यो निर्वाचनमा होमिएको उल्लेख गर्दै उनले मन्दिर परिसरमै राष्ट्र, राष्ट्रियता र राजसंस्थाको संरक्षणका लागि राप्रपालाई मत दिन आग्रह गरे । राष्ट्रियताको जगेर्ना र दीर्घकालीन संरक्षणका लागि आफ्नो पार्टीलाई साथ दिनु आवश्यक रहेको तर्क गर्दै उनले मतदातासँग भावनात्मक अपिलसमेत गरे ।
लामो समयदेखि राजनीतिमा सक्रिय रहेका थोकरका लागि यो चुनाव केवल प्रतिस्पर्धा मात्र होइन, आफ्नै राजनीतिक यात्राको निरन्तरता पनि हो । उतारचढावले भरिएको राजनीतिक जीवनबाट आर्जित अनुभवका आधारमा उनी आफूलाई जिम्मेवार, परिपक्व र जनउत्तरदायी उम्मेदवारका रूपमा प्रस्तुत गर्दै आएका छन । जन्मथलोमै उभिएर मतदातासँग कुराकानी गर्दै थोकरले भने, ‘यहीँ ठाउँमा जन्भिएको मैले संसदमा पुगेर यस ठाउँको हितका लागि सशक्त आवाज उठाउनेछु ।’
२०८२ फाल्गुन १८
जन्मथलोमा राप्रपा उम्मेदवार थोकरलाई भव्य स्वागत र अग्रिम बधाई
राप्रपाको चुनावी अभियान
जन्मथलोमा राप्रपा उम्मेदवार थोकरलाई भव्य स्वागत र अग्रिम बधाई
प्रकाशित मिति: २७ माघ २०८२, ०८:१७ बजे
भर्खरै
-
१.
सिन्धुलीमा एमाले नेतृ दर्लामीले गरिन मतदाता माथि दुर्ब्यबहार
-
२.
जनताको मुद्धाको बिरुद्धमा लाग्ने रास्वपा उमेदवारलाई मत नदिन सामाजिक अभियान्ता महतको अपिल
-
३.
मकवानपुरमा रास्वपा जित्ने लिस्टमा नरहेको रास्वपाको भनाई
-
४.
सन्चारकर्मी र सन्चार माध्यामलाई मर्यादित भएर काम गर्न बागमती प्रदेश समितिको अपिल
-
५.
महालक्ष्मी उपाध्याय डिनाको संकल्प
-
६.
त्रिशूली नदीमा बस खस्यो १७ को मृत्यु २७ जना घाइते (नाम सहित)










प्रतिक्रिया