दुर दराजमा पुग्यो राप्रपाको चुनावी टोलि

राप्रपाको कुरा

दुर दराजमा पुग्यो राप्रपाको चुनावी टोलि

मतदातामा देखियो उत्साह

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ माघ २०८२, ११:१७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२६ माघ २०८२, ११:१७

फागुन २१ गते हुन् लागेको प्रतिनिधि सभा निर्वाचन लक्षित गरि बिभिन्न राजनीतिका दल र स्वतन्त्र उमेदवारले आफ्नो चुनावी अभियानलाई तिब्रता दिएका छन । मकवानपुरको प्रतिनिधि सभा २ बाट उमेदवार बनेका हरुले पनि घरदैलो अभियान र चुनावी सम्पर्क कार्यालय स्थापना गर्ने कार्यलाई प्रथामिकतामा राखेर अभियान चलाउदै आएको पाइएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा चुनावी अभियानलाई मतदाताको सुझाव संकलनमा पहिलो प्रथामिकता दिएको राप्रपा स्रोतले बताएको छ । मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्वर २ का बिकट वस्ती सम्म राप्रपाले आफ्नो अभियानलाई जारि राखेको छ । बजार केन्द्रित रहने अन्य दल र तिनका उमेदवार भन्दा राप्रपाले दुर दराजका मतदाता केन्द्रित भेटघाटलाई उच्च प्रथामिकतामा राखेर अभियान चलाएको पाइएको हो ।

राप्रपाले मकवानपुरको क्षेत्र् नम्बर २ मा रहेको राक्सिराङ गाउँपालिका ४ र राक्सिराङ ६ को दुर दराजमा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीकि प्रदेश सदस्य खुशी कार्की सहितको टोलि राप्रपाका उमेदवार राम बहादुर थोकरलाई मत माग्दै बिकट वस्ती पुगेको थोकरको चुनावी सचिवालयले बताएको हो । अन्य राजनीतिका दलका उमेदवारको छायाँमा परेको उक्त वस्तीमा राप्रपाको नेता कार्यकर्ता मत र मन माग्दै वस्ती पुगे पछी त्यहाँका स्थानीयमा राप्रपा प्रति उत्साह देखिएको एक स्थानीयले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस