जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा सहित गाडी नियन्त्रणमा लिएको हो ।प्रहरीले १७२ किलो अवैध लागूऔषध गाँजासहित गाडी बरामद गरेको छ ।
हेटौँडा उपमहानगरपालिका २ लोकप्रिय होटलको मोडबाट प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको पिकअप गाडीसहित १७२ किलो ६ सय ग्राम गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीलाई देखेपछि गाडी छाडेर चालक भागेका थिए ।
मकवानपुर भीमफेदी गाँउपालिका—२ भैसेस्थित चेकपोइन्ट अगाडि चेकजाँच गर्ने क्रममा आापचौरबाट भौसेतर्फ आउँदै गरेको उक्त गाडीका चालक प्रहरी देख्ने बितिक्कै भागेको थिए । चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले बताए ।
प्रकाशित मिति: १९ माघ २०८२, ०९:२८ बजे










प्रतिक्रिया