राष्ट्रिय प्रजातन्त्र पार्टीको रजैयामा घरदैलो कार्यक्रम

चुनाव जित्ने कुरा

राष्ट्रिय प्रजातन्त्र पार्टीको रजैयामा घरदैलो कार्यक्रम

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ माघ २०८२, ०५:२५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१७ माघ २०८२, ०५:२५

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फागुन २१ गते हुने  प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को उमेदवार राम बहादुर थोकरले आज चुनावी घरदैलो कार्यक्रम अन्तर्गत हेटौंडा १९ बस्तिपुर र मनहरी गाउँपालिका ९ रजैयामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नु भएको प्रचार प्रसार संयोजक संगीन श्रेष्ठले बताउनु भएको छ ।

राष्ट्र , राष्ट्रियता र राज संस्था जोगाउन राप्रपालाई मत हाल्नु पर्ने र राष्ट्रियताको जगेर्ना गर्नको लागि राप्रपालाई बिजय गराउन थोकरले मतदातालाई अनुरोध गर्नु भएको थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य समेत थोकरले चुनावी अभियान अन्तर्गत आश्वासन भन्दा पनि काम गर्नु पर्नेमा जोड दिएका हुन । जनताको सेवक भएर काम गर्न मत दिनुस म तपाइँहरुले दिनु भएको मतको सधै कदर गर्दै जनताको सेवक बन्न चाहान्छु थोकरले भने ।

मकवानपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ नामटारका स्थानीय रहेका थोकर जनता माझ लोकप्रिय नेताका रुपमा परिचित रहेका छ्न ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस