फागुन २१ गते हुने निर्वाचन लक्षित गरेर चुनावी अभियानमा यति बेला सबै राजनीतिक दलका उमेद्वार मतदाताको घरदैलोमा पुग्ने कार्यले तीव्रता पाएको छ । फागुन २१ को निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट नेपालि कांग्रेसबाट उमेद्वार बन्नु भएकी महालक्ष्मी उपाध्याय “डिना” आफ्नो चुनावी अभियान अन्तर्गत जनताको घरदैलोमा पुग्दै मत मागी रहनु भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय नेता पुर्व जलश्रोत राज्यमन्त्री समेत बनि सकेकी डिनाले आफु सरकारमा हुँदा र नहुँदा पनि मकवानपुरको बिकासको लागि गरेको योगदानको मतदाताले खुलेरै प्रशंसा गरि रहेका छन । कार्यकर्ता भेटघाट एवं पार्टीको बैठक भेला जस्ता कार्य संगै चुनावी अभियान अन्तर्गत डिनाले मकवानपुरको बागमती गाउँपालिका बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गर्नु भएको छ ।
नेपालि कांग्रेस बकैयाले गरेको चुनावी अन्भियानमा बोल्दै उमेद्वार डिनाले भन्नु भयो म जनता संग मत माग्न मात्र होइन मन जित्न आएको छु , म जनताको माझमा न्याय माग्न आएको छु म जनताको बीचमा रहेर काम गर्न आएको छु मलाई मत संगै मन दिनुस, म पटक पटक पराजित भएको छु यो पटक तपाइँले न्याय दिनुस म काम गरेर देखाउने छु” ।
नेपाली कांग्रेसका नेता प्रदेश सभापति बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ संघिय सभापति दामोदर खनाल बकैया गाउँपालिका अध्यक्ष धर्म लामिछाने लगायतका नेताहरुलाई साक्षि राखेर चुनावी अभियानमा होमिएकी डिनाले यो पटक मकवानपुर क्षेत्र नम्वर १ का जनताले न्याय गर्ने अपेक्षा राखेको बताउनु भयो । बागमतीका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको राजनीतिक प्रभाव सेवा भाव र इमान्दारिता, लगनसिलता र बिकासप्रेमी भएकै कारण फागुन २१ मा हुने निर्वाचनमा मकवानपुरको क्षेत्र नम्वर १ मा महालक्ष्मी उपाध्याय डीनाको जित सुनिश्चित रहेको स्थानीयले बताएका हुन् । स्थानीय भन्छन बागमतीको मुख्यमन्त्री बहादुर सिंग लामा हुँदा महालक्ष्मी उपाध्याय डिनाको जोडबलमा यस क्षेत्रमा हालेको बजेट र हालका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले बिगत देखिने यस क्षेत्रमा गरेको बिकास निर्माणको कामले यो पटक डिनालाई जनताले मत हाल्न कुनै कन्जुसाई नगर्ने बताए ।










प्रतिक्रिया