हेटौंडा उपमहानगरपालिका–१९ लेखपानीमा अवस्थित जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि किवानिज क्लक अफ हेटाैडाले खाधान्न वितरण गरेको छ।
शुक्रबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबले ३९ जना विद्यार्थीलाई दिवा खाजाकाे लागि ३५ बाेरा चामल हस्तान्तरण गरेको हो। विद्यालयमा धेरै बालबालिका भाेक भाेकै विद्यालय आउने घरमा खाना अभावकाे कारण विधार्थिहरुपढ्न समेत नजाने गरेको अवस्था देखेपछि समाज सेवि कमल चन्द्र सुमन र हिमा बिडारिले क्लकमा सम्पर्क गर्नु भए पछि आवश्यकता महसुस गर्दै क्लबले उक्त सहयोग गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै किवानिज क्लब अफ हेटाैडाका अध्यक्ष रत्नदेव बज्राचार्यले हेटौंडा जस्तो महानगरपालिकाभित्रै यति दयनिय अवस्था देख्दा दुख क्यक्त गर्नु भयाे । मानवीय संवेदनाका कारण आवश्यक परेकाे खण्डमा क्लबले फेरि पनि सहयाेग गर्ने बताउनु भयाे । किवानिज क्लवका अभध्यक्ष रत्नदेव बज्राचार्यकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष कालिबहादुर घलान , विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोले, बिधालय ब्यवस्थापन समितिका सदस्य भिमलाल गाेले, किवानिज क्लबका निवर्तमान अध्यक्ष गंगा प्रसाद पाैडेल, सचिव श्रृजनराज बज्राचार्य , प्रथम महिला निजिला शाक्य , समाजसेवि कमल चन्द्र सुमन , हिमा बिडारी लगायतको उपस्थिति थियो।
विद्यालयका प्रधानाध्यापक कुमार सिंह गोलेले दाताहरुकाे सहयाेग आउन थाले पछि विद्यालयमा उल्लेखनीय सुधार आएको बताउनुभयो । “विद्यार्थीको नियमितता बढेको छ, पढाइप्रतिको आकर्षण बढेको छ,” उहाँले भन्नुभयो । खाधान्न सामाग्री क्लबका संस्थापक अध्यक्ष ज्याेतिरत्न बज्राचार्य र हेटाैडा माेडल अस्पतालका संचालक डा. बसन्तमान श्रेष्ठले साैजन्य गर्नु भएकाे थियाे ।
किवानिज क्लव अफ हेटाैडा सन् २०२१ सालमा हेटौंडामा स्थापना भएको हो । भने किवानिज इन्टरनेशनल सन् १९१५ मा अमेरिकामा स्थापना भएको संस्था हो। बाल बालिकाकाे सर्वाङ्गिण बिकासकाे क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको यो संस्था हाल नेपालका ६५ भन्दा बढी जिल्लामा विभिन्न क्लवहरुमार्फत बालबालिकाको शिक्षा, स्वास्थ्य ,नेत्तृत्व बिकास , खेलकुद र वातावरणकाे क्षेत्रमा सक्रिय छ।










प्रतिक्रिया