स्वास्थ्य सचीव गौतमको कमिसन खेल भक्तपुर अस्पतालमा झेल

स्वास्थ्यका कुरा

स्वास्थ्य सचीव गौतमको कमिसन खेल भक्तपुर अस्पतालमा झेल

अख्तियार कार्यालयमा उजुरिको ठेलम ठेल

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ मंसिर २०८२, १०:०१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१८ मंसिर २०८२, १०:०१

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत स्वास्थ्य सचीव डाक्टर सुमित्रा गौतमले आफू भक्तपुर अस्पतालको प्रमुख हुँदा गरेको बदमासी सार्वजनिक भएको छ ।

केही दिन अघिमात्र उनै सचिव गौतम भक्तपुर अस्पताल प्रमुख हुँदा खरिद गरेको सिटि स्क्यान मेसिनको कमिसन खेल सेलाउन नपाउदै अर्को तथ्य बाहिरिएको हो । सचिव गौतमले भक्तपुर अस्पतालमा आफू अस्पताल प्रमुख हुँदा कमिसनको चक्रमा अस्पतालमा प्रयोग नहुने सामन समेत खरिद गरेको पाइएको हो । तत्कालीन भक्तपुर अस्पतालकि प्रमुख डाक्टर सुमित्रा गौतमले खरिद गरेको टिएफटि कार्डियो मेसिन जुन १० लाख बराबरमा खरिद गरिएको थियो ।उक्त कार्डियो मेसिन अहिले सम्म पनि संचालनमा आएको छैन । उक्त कार्डियो मेसिन खरिद गरे पश्चात् अहिले सम्म पनि उक्त मेसिनको प्याकिङ समेत खोलिएको छैन । अस्पतालमा नचाहिने सामाग्री खरिद गर्नु नितिगत भ्रष्टाचार रहेको बताइन्छ ।

गौतमले भक्तपुर अस्पतालमा न्युरो सम्बन्धी कुनै विशेषज्ञ नभएको अवस्थामा न्युरो सम्बन्धी इक्युमेन्ट खरिद गरेर कमिसनको लोभमा परेको पाइएको हो । भक्तपुर अस्पतालमा गौतम प्रमुख हुँदा जेठ महिनामा खरिद गरेको ५० लाख बरावरको न्युरो ड्रील मेसिन खरिद गरेको र उक्त मेसिन हाल सम्म पनि प्रयोगमा नआएको पाइएको हो । जब अस्पतालमा न्युरो विशेषज्ञनै नभएको अवस्थामा सचीव गौतमले उक्त मेसिन किन खरिद गरेको भनेर स्वास्थ्य मन्त्रालयमा समेत हङामा भएको छ ।

तत्कालिन अस्पताल प्रमुख डाक्टर सुमित्रा गौतमले के र किन यो न्युरो ड्रील मेसिन खरिद गर्नु भो उनै जानुन तर यो मेसिन अहिले सम्म प्रयोगमा आएको छैन अस्पतालका एक कर्मचारिले बताए ।

भक्तपुर अस्पतालमा प्रमुख हुँदा डाक्तर गौतमले एम एस एस अनुसार सबै अस्पतालमा आउने २० लाख बजेटलाई उन्ले टुक्रे योजना बनाई अस्पतालमा आवश्यक नरहेको सामाग्री खरिद गरेको समेत पाइएको छ । गौतमले खरिद गरेका सामन अहिले सम्म प्रयोगमा आउन नसक्नुले गौतमले नितिगत भ्रष्टाचार गरेको आरोप उनी माथी लाग्दै आएको छ ।

सरकारले सबै अस्पतालमा न्युनतम गुणस्तर सेवा अन्तर्गत बिनियोजन गरेको बजेट समेत अनावश्यक क्षेत्रमा खर्च भएको पाइएको हो ।

हाल बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेकी सचीव डाक्टर सुमित्रा गौतमले भ्रष्टाचार गरेको भन्दै अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा उजुरिको चाङ रहेको पाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका जेनजी मन्त्री सुधा गौतम समेतलाई स्वास्थ्य मन्त्रालय बागमती प्रदेशकि सचीव सुमित्रा गौतमले गरेको नितिगत भ्रष्टाचारको बिषयमा जानकारी गराएको स्रोतले दाबी गरेको छ भने यता प्रधानमन्त्री कार्यालयले समेत चासोका साथ यो बिषयलाई हेरिरहेको पाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस