भण्डारीलाई राजनीतिक रेड कार्ड

बर्खास्तमा प्रदेश प्रमुख

भण्डारीलाई राजनीतिक रेड कार्ड

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ कार्तिक २०८२, ०९:१६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२५ कार्तिक २०८२, ०९:१६

मधेस प्रदेश सरकारमा देखिएको खिचातानी र उब्जिएको परिस्थिति संगै प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीलाई प्रधानमन्त्री शुसिला कार्की सरकारले बर्खास्त गरेको छ ।

प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्न ७ राजनीतिक दलले प्रधानमन्त्री कार्की समक्ष निबेदन हाले पछी कार्की नेतृत्वको मन्त्री परिषदको बैठकले कार्तिक २४ गते बर्खास्त गरेको हो । नेकपा एमालेका अध्यक्ष समेत रहेका निवर्तमान प्रधानमन्त्री के.पी शर्मा ओलीको सिफारिसमा प्रदेश प्रमुख भएकी भण्डारीलाई कार्की सरकारले बर्खास्त गरे संगै भण्डारीले राजनीतक क्षेत्रमा रेड कार्ड भेटेको बहस सुरु भएको छ ।

ओलीको गृह जिल्ला बासिन्दा समेत रहेकी भण्डारी कुनै चर्चा बिनानै प्रदेश प्रमुख भएकी थिइन् । भण्डारीलाई ओलीको आशिर्वादले प्रदेश प्रमुख बनाएको गाईगुई चलेको भए पनि सत्ता समीकरणको भागबन्डामा उनि प्रदेश प्रमुख भएको बताइन्छ ।

ओलीले प्रदेश प्रमुख बनाएको र अहिले ओलीकै दम्भको कारण भण्डारी बर्खास्त हुनु परेको आरोप उनि माथि लाग्दै आएको छ । भण्डारीले प्रदेशको गरिमामाथि नै आंच आउने गरि बिधि बिधान बिपरित मधेस प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाइ बर्दिवासको पानस होटलमा बसी ब्याक डेटको मिति राखी मुख्यमन्त्री नियुक्त गरि सपथ खुवाउने कार्य गरेको आरोप सहित उनलाई बर्खास्त गरिएको सिंहदरवार स्रोतले जानकारी दिएको हो ।

भण्डारीलाई बर्खास्त गरे संगै अब उनको राजनीतिक यात्रामा समेत रेड कार्ड सावित भएको छ । भण्डारीलाई बर्खास्त गरे संगै भण्डारीले नियुक्त गरेको मुख्यमन्त्री सरोज कुमार यादवको मुख्यमन्त्री पद समेत धरासायी बन्ने संकेत देखिएको छ ।

प्रदेश प्रमुख भण्डारीले यादवलाई सपथ खुवाए संगै मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्‍ने आवास र मुख्‍यमन्त्रीको कार्यकक्षमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस