कर्मचारीलाई मुक्का प्रहार कांग्रेसले फाल्यो मुख्यमन्त्री कार्यालयको झण्डा

मुक्का प्रहार

कर्मचारीलाई मुक्का प्रहार कांग्रेसले फाल्यो मुख्यमन्त्री कार्यालयको झण्डा

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ कार्तिक २०८२, ०२:०० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२४ कार्तिक २०८२, ०२:००

मधेस प्रदेश सरकार गठन अबैधानिक भएको भन्दै नेकपा एमाले बाहेकका मधेस केन्द्रित दलले मधेस प्रदेशमा यति बेला प्रदर्शन गरि रहेका छन ।

मधेस प्रदेश सरकारमा मुख्यमन्त्री रहेका जितेन्द्र सोनालले बिश्वासको मत लिन नसके पछी कार्तिक २२ गते प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीलाई राजिनामा बुझाएका थिए । मुख्यमन्त्री सोनालाको राजिनामा स्वीकृत नहुँदै प्रदेश प्रमुख भण्डारीले नेकपा एमालेका प्रदेश सांसद सरोज कुमार यादवलाई आज बिहान महोत्तरीको बर्दिवासमा रहेको पानस होटेलमा मुख्यमन्त्रीको सपथ गराए पछी मधेस प्रदेशमा प्रदर्शन भैरहेको छ ।

प्रदेश प्रमुख भण्डारीले कुनै प्रक्रियानै पुरा नगरी सडकमै मुख्यमन्त्रीको सपथ गराएको बिरोधमा प्रदर्शनकारीले प्रदेश प्रमुख कार्यालय र मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन भने मुख्यमन्त्री कार्यालयका कर्मचारी माथि मुक्का प्रहार गरेका छन । कर्मचारी माथि मुक्का प्रहार पश्चात नेपालि कांग्रेस मधेस प्रदेशका सांसदले मुख्यमन्त्री कार्यालयमा रहेको नेपालको झण्डा समेत निकालेर फालेको स्रोतको दाबि रहेको छ ।

प्रदर्शनमा उत्रेका प्रदर्शनकारीले प्रदेश प्रमुखको राजिनामा माग गरेका छन भने सभामुखलाई महा-अभियोग लगाउनु पर्ने भन्दै नारावाजी गरेका छन । प्रदेश प्रमुख भण्डारी भने यति बेला काठमाडौंको ह्याम्स अस्पतालमा उपचारमा रहेको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस