आज बिहानको पांच बजेको समयमा बर्दिवासको पानस होटेलमा मुख्यमन्त्रीको सपथ खाएका सरोज कुमार यादवको बिषयलाई लियर यति बेला मधेस प्रदेशका बिभिन्न स्थानमा प्रदर्शन भएको मधेस प्रदेशबाट हाम्रा सहकर्मी रुस्तम मिया खानले बताएका छन ।
प्रदर्शनले उग्र रुप लिंदा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ ।
मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।
आज बिहानै कांग्रेस सहितका सांसदहरू मुख्यमन्त्रीको कार्यकक्षभित्र पुगेर तोडफोड गर्ने क्रममा एक सांसदले नेपालको राष्ट्रिय झन्डा समेत निकालेर फालेका छन् । झण्डा फाल्ने नेपाली कांग्रेसका प्रदेश सांसद रहेको बुझिएको छ । नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरू एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोधमा छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज कात्तिक २४ गते बिहान ४ बजेतिर बिरामी भएको भन्दै काठमाडौं जान लागेको बताएकी थिइन् । निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले उनलाई फूल दिएर स्वास्थ्यलाभको कामना गर्दै बिदाइ गरेका थिए । तर प्रदेश प्रमुख भण्डारीले बर्दिवासको पानस होटेलमा मुख्यमन्त्रीको सपथ गराए पछी आन्दोलन चर्किएको थियो । प्रदेश सांसदहरुले प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्न माग गर्दै आन्दोलन गरि रहेका छन । स्रोतका अनुसार प्रदेश प्रमुख भण्डारी भने यतिबेला काठमाडौंमा रहेको बुझिन्छ ।










प्रतिक्रिया