स्वास्थ्य मन्त्री सुधा गौतमको चौतर्फी आलोचना करोडौं अनियमितता गर्नेलाई सरक्षण गरेको आरोप

जेनजी आन्दोलनको उपलब्धि

स्वास्थ्य मन्त्री सुधा गौतमको चौतर्फी आलोचना करोडौं अनियमितता गर्नेलाई सरक्षण गरेको आरोप

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ कार्तिक २०८२, ०५:१६ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२३ कार्तिक २०८२, ०५:१६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हालेकी मन्त्री सुधा गौतम सरकारी बिचौलियाको चौतर्फी घेराबन्दीमा परेको स्रोतले बताएको छ ।

जेनजी आन्दोलनबाट भएको उपलब्धिलाई मन्त्रालयले संस्थागत गर्न नसक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मन्त्री गौतम विवादमा तानिएकी हुन् ।

भष्ट्राचार निर्मुल पार्ने भन्दै भदौ २३/२४ मा भएको जेनजी आन्दोलन र त्यस पछी बनेको सरकारले भष्ट्राचार निर्मुल पार्नु भन्दा पनि भष्ट्राचार गर्नेको सरक्षण गर्ने गरेको भन्दै जनगुनासो ब्यापक रहेको पाइएको छ । शुशिला कार्की नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेर सपथ लिने समयमा विवाद भए पछी नाम हटेकी स्वास्थ्य मन्त्रालयकि निमित्त सचिव संगीता कौशल मिश्र भष्ट्राचारि ठहर भएकी हुन् भने त्यस पछी प्रधानमन्त्री कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेकी गौतम भने भ्रष्ट कर्मचारीको सरक्षक् भएको आरोप उनि माथि लाग्दै आएको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य बिभागका निर्देशक पवनजंग रायमाझी  जस्ता कर्मचारीको मिलेमत्तोमा मन्त्रालयका सचिव डाक्टर बिकास देबकोटाले करोडौ भष्ट्राचार गरेको कुरा मन्त्री गौतमको कान सम्म पुग्दा पनि मन्त्री गौतम सचिव देबकोटाको इशारामा चलेको भन्दै मन्त्री गौतमको सर्वत्र आलोचना भएको हो

मन्त्री गौतमले मन्त्रालयका भ्रस्ट सचिव देबकोटाको मोलाहिजामा कर्मचारी सरुवा देखि औषधी सामाग्री खरिद सम्ममा आँखा चिम्लिएर समर्थन गरेको आरोप मन्त्री गौतम माथि लागेको छ । मन्त्रालयका भस्ट कर्मचारीलाई छानबिन नगर्ने हो भने मन्त्री गौतमको विकल्प खोजिनु पर्ने जेनजी समुहले आवाज उठाउन सुरु गरेको छ ।

मन्त्रालय र मन्त्रालय मातहतका निकायमा भष्ट्राचार मौलाउंदै गएको भन्दै मन्त्रालय मातहतको स्वास्थ्य सेवा बिभागका महानिर्देशक टंक प्रसाद बाराकोटीले राजिनामा समेत दिएका थिए । मन्त्रालयमा भष्ट्राचारको जरो गाडेका बिकास देबकोटा जस्ता कर्मचारीलाई मन्त्री गौतमको सरक्षण रहेको मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस