स्वास्थ्य सचिव गौतमलाई भ्रष्टाचारको आरोप सहित अख्तियारमा उजुरी

स्वास्थ्य सचिव गौतमलाई भ्रष्टाचारको आरोप सहित अख्तियारमा उजुरी

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ कार्तिक २०८२, ०४:५० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१५ कार्तिक २०८२, ०४:५०

स्वास्थ्य क्षेत्रमा नीतिगत भ्रष्टाचारहुने गरेको तथ्य स्वास्थ्य मन्त्रालयका पुर्व निमित्त सचिव संगीता कौसल मिश्रमाथि अख्तियार कार्यालयले गरेको छानबिन र बिशेष अदालतमा दायर गरेको रिट निबेदनले प्रस्टै पारेको छ । स्वास्थ्य क्षेत्रमा औषधि खरिद देखि उपकरण खरिद सम्ममा नीतिगत भ्रष्टाचारहुने गरेको पाइएको छ ।

स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारको बिषयलाई लिएर यति बेला बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । गौतम माथि परेको उजुरीमा अख्तियार कार्यालयले अनुसन्धान अगाडी बढाएको स्रोतको दावी रहेको छ ।

स्वास्थ्य व्यवसायी संघको तर्फबाट माधव पौडेलले दिएको उजुरीमा डा. गौतमले भक्तपुर अस्पतालको मेसु हुँदा सप्लायर्ससँग मिलेर राज्यलाई करोडौं रुपैयाँ घाटा पुर्याएको उल्लेख छ । अस्पतालको लागि सिटी स्क्यान मेसिनलगायतका उपकरण खरिदमा स्पेक लक गरी आफू अनुकलको व्यवसायीलाई सेटिङ्गमा ठेक्का दिएको भन्दै उजुरीमा कारवाहीको माग गरिएको छ ।

‘ल्याबका मेसिन, सिटी स्क्यानलगायत अन्य मेसिनमा खरिदमा स्पेक बनाउँदा आफू अनुकुल व्यपारीलाई हुने गरी गरिएको छ । निजको कार्यालयमा भएको सम्पूर्ण खरिदका उपकरण मेडिसिन खरिद छानबिन गरी पाउँ’ उजुरीमा उल्लेख छ ।

त्यसैगरी डा. गौतम स्वास्थ्य सेवा विभागमा विशेषज्ञको रुपमा गई ३० करोडको मेसिन खरिदमा १० करोड भ्रष्टाचार गरेर अल्ट्रासाउण्ड मेसिन खरिद गरेको दाबी पनि उजुरीमा गरिएको छ । उजुरीमा सिन्धुली अस्पताल प्रदेशको १ नम्बरमा सेवा प्रवाह गरिएको भनेर ९७ अंक प्राप्त गरेको झुठ समाचार बनाउन लगाएको तर उनि सरुवा भएपछि अर्को आर्थिक बर्षमा ५७ अंक मात्र पाएको बताइएको छ ।

यस बिषयमा प्रतिक्रिया लिंदा सचिव गौतम भन्छिन “आफुले अहिले सम्म कुनै किसिमको आर्थिक अनियमितता नगरेको आफु कार्यरत रहेको कार्यालयको स्तर-उन्नति र आफुले गरेको कामबाट डाह गर्नेहरुले आफुलाई दुख दिन बिभिन्न आरोप लगाएको बताईंन । गौतमले आफुले भ्रष्टाचार गरेको प्रमाणित भए जुनसुकै कारवाही भोग्न समेत तयार रहेको बताईन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस