सुत्केरी हुने महिलाले खाने आइरन चक्कीमा समेत करोडौ भ्रष्टाचार

आइरन चक्कीमा कमिसनको खेल

सुत्केरी हुने महिलाले खाने आइरन चक्कीमा समेत करोडौ भ्रष्टाचार

अख्तियार पुग्यो आइरन चक्की भ्रष्टाचार काण्ड

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ कार्तिक २०८२, १०:२४ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ कार्तिक २०८२, १०:२४

नेपालमा सबै भन्दा बढी भ्रष्टाचार हुने क्षेत्रमा पछिल्लो समय स्वास्थ्य क्षेत्र स्थापित हुँदै गएको पाइएको छ । स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचारलाई लियर पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिनलाई तिब्रता दिंदै आएको पाइएको हो ।

स्वास्थ्य सामाग्री खरिद देखि स्वास्थ्य उपकरण होस् अथवा सरकारले निशुल्क वितरण गर्ने औषधि समेत खरिद प्रक्रियामा अर्वौ भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ ।

स्थानीय सरकारको स्वास्थ्य शाखा देखि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय बिभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य संग सरोकार राख्ने कार्यालय बिभाग समेतले भ्रष्टाचार गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार जन्य कार्यलाई निरुत्साहित गर्न अख्तियारले अनुसन्धानलाई प्रथामिकतामा राखेर काम गर्दै आएको छ १४ करोड भ्रष्टाचार भएको ठहर गर्दै यसै साता अख्तियारले स्वास्थ्य मन्त्रालयका निमित्त पुर्व सचिव संगीता कौसल मिश्रलाई बिशेष अदालतमा मुद्धा समेत दायर गरेको छ भने हाल स्वास्थ्य क्षेत्रमा अर्वौ भ्रष्टाचारको जालो बुन्दै गरेको आरोप लागेका डाक्टर बिकाश देबकोटा समेत छानबिनको दायरामा मुछिएको स्रोतले बताएको छ ।

संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा बिभागले गर्भवती महिलाले सेवन गर्ने आइरन चक्कीमा समेत भ्रष्टाचार गर्ने गरेको रहस्य बाहिरिएको छ ।

स्वास्थ्य सेवा विभागले १५ करोड बरावरको आइरन चक्की खरिद गर्ने बोलपत्र प्रक्रियामा सेटिङ गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दायर गरेको पाइएको छ । बिभागले १५ करोड बढीको आइरन चक्की खरिदा गर्ने बोलपत्र प्रकाशनमै सेटिङ गरेको आरोप बिभालाई लागेको हो विभागको IFB/DOHS/G/NCB-1/FWD2082/83 ठेक्का प्रक्रियामा सेटिङ गरेको आरोप लागेको हो ।

स्वास्थ्य ब्यबसायी संघले १५ करोडको आइरन चक्की खरिद गर्ने बोलपत्रमा सेटिङ गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । उक्त बोलपत्रमा सिमित केहि फर्म जो बिभागलाई नजरना बुझाउने गर्छन उनिहरु सित गोप्य सेटिङ गरि बोलपत्र प्रकाशन गरेको संघले आरोप लगाएको छ ।

संघले भनेको छ विभागले केहि सिमित ब्यबसायी लक्षित् गरि बोलपत्र खुल्ला गरि अकुत सम्पति आर्जन गर्ने खेल खेलेको र विभागले बोलपत्र निकाल्दा सार्वजनिक खरिद ऐन बिपरित बोलपत्र निकालेको समेत आरोप लगाएको छ ।

स्वास्थ्य सेवा बिभागले खरिदा ऐन बिपरित बोलपत्र प्रकाशन गरेको र यस कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर बिकास देबकोटाको मुख्य भूमिका रहेको भन्दै डाक्टर देबकोटालाई छानबिन गरि कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै अख्तियारमा देबकोटा बिरुद्ध उजुरी परेको हो ।

देबकोटाकै मिलेमहतोमा ७ करोड बढी आइरन चक्की उपभोगमा नआउने गरि अघिल्लो ठेक्काबाट खरिद गरि प्रयोग बिहिन भएको स्रोतको दाबि रहेको छ । भने यो पटक समेत सचिव देबकोटाले आवश्यकता भन्दा बढी आइरन चक्की खरिद गर्ने गरि सेटिङ गरेको आरोप लागेको हो देबकोटा समेतको मिलेमहतोमा उक्त आइरन चक्की खरिद ठेक्का हरेक पटक एकै व्यक्ति लक्षित् हुने गरि सेटिङमा निकाल्ने गरेको आरोप देबकोटामाथि लाग्ने गरेको छ ।

स्वास्थ्य क्षेत्रमा हुने यस्ता अनियमितता रोक्न स्वास्थ्य ब्यबसायी संघ सक्रिय रहँदै आएको पाइएको छ ।आइरन चक्कीको ठेक्का प्रक्रियाको बोलपत्रमा भएको सेटिङको बिषयमा प्रतिक्रिया लिन स्वास्थ्य सेवा विभागका सुचना अधिकारि मोहन प्रसाद कोइरालालाई सम्पर्क गर्दा सम्पर्क हुन् सकेन ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस