हेटौंडा १० बसपार्कबाट ११ जुवाडे पक्राउ

तास खेल्ने प्रहरी फन्दामा

हेटौंडा १० बसपार्कबाट ११ जुवाडे पक्राउ

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ०६:४५ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१ कार्तिक २०८२, ०६:४५

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलिले ११ बुक तास सहित ११ जना जुवाडे पक्राउ गरेको छ ।

चाड पर्वको अवसर पारेर हेटौंडा आसपासमा हुने गरेको जुवा तासको खेल लाई निरुत्साहित पार्न मकवानपुर प्रहरीले सक्रियता देखाएको हो । प्रहरिले जुवाडे पक्राउ गर्ने कार्यलाई प्रथामिकतामा राखेर काम गरि रहेको बताएको छ ।

प्रहरिले असोज ३१ गते साझ ५  बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१० बसपार्क गुम्बा नजिक रहेको दर्ता नभएको खाजा घरबाट पकेआउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी पुष्कर बोगटीले बताएका हुन ।

प्रहरिले ११ जुवाडे बाट छ लाख छ हजार तिन सय दश नगद र ११ बुक तास बरामद गरेको हो ।

पक्राउ पर्नेहरुको विवरण निम्न रहेको छ ।
१.खाजा घर संचालक जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.१० कर्रा बस्ने बर्ष अं.३५ को हिरालाल मोक्तान,
२.निजको श्रीमती ऐ.ऐ.कर्रा बस्ने वर्ष अं.३५ कि वसन्ती ब्लोन,
३. ऐ.हेटौडा उ.म.न.पा.१० बसपार्क टिसिएन रोड बस्ने वर्ष अं.३७ को अर्जुन तामाङ,
४. ऐ.ऐ. हेटौडा १० न्युरेनी बस्ने वर्ष अं. ३८ को टुम बहादुर वाइबा,
५. ऐ.ऐ.हेटौडा १० बसपार्क बस्ने वर्ष अं. ५० कि राम माया राना,
६. ऐ.हेटौडा ४ हुप्राचौर बस्ने वर्ष अं.५० कि हिरा माया थिङ,
७. ऐ.हेटौडा ४ हुप्रराचौर बस्ने वर्ष अं. ३० कि शान्ति माया तामाङ,
८. ऐ.हेटौडा१० बसपार्क बस्ने वर्ष अं. ६६ कि कान्छी माया ब्लोन,
९. ऐ.हेटौडा ११ थानाभर्यासङ बस्ने वर्ष अं.४५ कि सीता लामा,
१०. ऐ.बागमती गा.पा.५ ज्यामिरे बस्ने वर्ष अं. २७ को राजेश दर्नाल,
११. ऐ.मनहरी गा.पा.४ बस्ने वर्ष अं.३० को अनिल थापा

पक्राउ परेका हरुलाई थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले बताएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस