प्रदेश स्वास्थ्य सचिव गौतमलाई कारवाही गर्न व्यबसायीको माग

स्वास्थ्यका खिचातानी

प्रदेश स्वास्थ्य सचिव गौतमलाई कारवाही गर्न व्यबसायीको माग

अस्पतालको मेसु नियुक्तिमा ठुलै चलखेलको आरोप

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ आश्विन २०८२, ०४:४१ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
३१ आश्विन २०८२, ०४:४१

बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा कार्यरत सचिव डाक्टर सुमित्रा गौतमलाई छानबिन गरि कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा उजुरी परेको हो ।

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य संग सरोकार राख्ने मातहतको कार्यालयमा सचिव गौतमको कोपाभजन गर्ने हरु सित आन्तरिक सहकार्य गरि टेन्डर देखि कर्मचारी सरुवा बढुवा सम्ममा आर्थिक लेनदेन गर्ने गरेको आरोप सहित गौतमलाई कारवाहीको माग गर्दै उजुरी परेको बताइन्छ ।

भक्तपुर अस्पतालमा मेसु भएर काम गरेकी गौतमलाई भक्तपुर अस्पतालको मेसु बाट बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको सचिवमा जिम्मेवारी प्रदान गरिएको थियो । बागमती प्रदेशको स्वास्थ्य सचिवमा गौतम पदस्थापना भए पछी मन्त्रालयको काम कारवाहीका बिषयमा पटक-पटक विवाद हुने गरेको पाइएको छ । स्वास्थ्य सामाग्री खरिद देखि कर्मचारी सरुवा बढुवा सम्ममा सचिव गौतमकै पावर सो हुने गरेको मन्त्रालय स्रोतले बताएको हो ।

प्रदेश स्वास्थ्य सचिव गौतममाथि परेको उजुरीमा भनिएको छ “बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयमा सचिवमा कार्यरत डाक्टर सुमित्रा गौतम सिन्धुली अस्पतालमा कार्यरत रहंदा देखि औसधि जन्य सामाग्री/उपकरण टेन्डर प्रक्रियामा विवादित पात्र भएको प्रसुती रोग बिभागमा कार्यरत डाक्टर हुँदा सेवा ग्राहीलाई असहज हुने गरि मन्त्रालयमा कार्यरत रहेको डाक्टर भएको साथै गौतम भक्तपुर अस्पतालको प्रमुख हुँदा स्पेक लक् गरि बिभिन्न टेन्डरमा विवादित रहेको र अख्तियार कार्यालयमा दर्जनौ मुद्धा चालु रहेको व्यक्ति हुन् भन्ने उल्लेख गरिको छ ।

प्रदेश स्वास्थ्य सचिव गौतममाथि परेको उजुरीमा सचिव गौतमकै जोडबलमा स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाका निर्देशक डाक्टर अर्जुन सापकोटा र मन्त्री किरण थापा मगरका निजि सचिव रेवती थापाको मिलिभगतमा सिन्धुली अस्पताल, चितवनको बकुलहर अस्पताल र नुवाकोट जिल्ला अस्पतालको मेसु नियुक्तिमा ठुलै आर्थिक चलखेल गरेको आरोप सहित उजुरीमा उल्लेख भएको छ ।

स्वास्थ्य सचिव गौतम र स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक डाक्टर अर्जुन सापकोटा सहितको टिमले भाद्र २२ गते प्रकाशन गरेको औषधि जन्य सामाग्री खरिद टेन्डरमा समेत कुनै दर रेट सार्वजनिक नगरी एकै फर्मलाई सहज हुने गरि बोलपत्र खोलेको बिषयमा समेत मन्त्रालयका सचिव गौतमको संलग्नता देखिने हुँदा मन्त्रालय सचिव डाक्टर सुमित्रा गौतमलाई कारवाहीको माग गर्दै अख्तियार कार्यालय गुहार्न औषधि व्यवसायी संघ बाध्य भएको बताइएको छ । स्वास्थ्य क्षेत्रमा हुने नीतिगत भ्रष्टाचारमा सरोकार निकायले बेलैमा सजग गराउनु पर्ने आवाज उठ्न थालेको छ ।

स्वास्थ्य सचिव गौतमलाई कारवाहीको माग गर्दै औषधि व्यबसायी संघका कार्यालय सचिव माधव पौडेलले उजुरी गरेका हुन् । उक्त कारवाहीको माग गरिएको पत्र सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय रामशाह पथ समेतलाई जानकारी गराएको कार्यालय सचिव पौडेलले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस