बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रका निर्देशक बिरुद्ध आर्थिक अनियमितता गरेको, स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा बर्षौ देखि एकाधिकार प्रयोग गरेको र अकुत सम्पति आर्जन गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी दर्ता भएको हो ।
स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौडाका निर्देशक अर्जुन सापकोटाले आफु केन्द्रित रही काम गर्दा आपूर्ति केन्द्रको कार्यालयनै विवादित बनेको केन्द्रका एक उच्च कर्मचारीले बताएका छन ।
बागमती प्रदेश भित्र रहेका सरकारी अस्पताल जनस्वास्थ्य केन्द्र र आयुर्वेद अस्पताललाई चाहिने स्वास्थ्य उपकरण स्वास्थ्य सामाग्रीको खरिद तथा भण्डारणको जिम्मेवार निकाय उक्त कार्यालयले स्वास्थ्य सामाग्री देखि उपकरण खरिद कार्यमा आफु निहित व्यवसायीलाई पक्ष पोषण हुने गरि कार्य गरेको आरोप उनि माथि लागेको छ ।
निर्देशक सापकोटाले उपकरण खरिदको लागि ठेक्का नं. HLMC/G/NCB-04-2082-83, HLMC/G/NCB-05-2083-83, HLMC/G/NCB-06-2082-83, HLMC/G/NCB-07-2082-83, HLMC/G/NCB-08-2082-83 र औषधि खरिदको लागि HLMC/G/NCB-09-2082-83, HLMC/G/NCB-010-2082-83 गरी एकै मितिमा ७ वटा बोलपत्र आह्वान गरिएको छ । बोलपत्र औषधि र उपकरण खरिदको लागि निश्चित कम्पनीलाई दिनेगरी ‘प्याकेज’ ठेक्का प्रणाली अन्तरगत आह्वान गरेर उनि भने अमेरिका गएको स्रोतको दाबि रहेको छ ।
सापकोटाले २०८० सालमा समेत प्रदेश अन्तरगत सरकारी अस्पतालमा प्रसुती सम्बन्धी परीक्षण गर्न पोटेबल ‘कन्भेक्स अल्ट्रासाउन्ड’ खरिदमा कमिसनको चक्करमा सापकोटाले गलत स्पेक बनाएको एक अधिकारीले बताए । केन्द्रका एक अधिकारीका अनुसार सापकोटाले सप्लायर्ससँग कमिसनको लोभमा ‘माइक्रो कन्भेक्स’ स्पेकको समान माग गरेका थिए । उक्त सामान खरिद प्रक्रियामा समेत सापकोटाले नीतिगत भ्रस्टाचार गरेको आरोप लागेको थियो ।
सापकोटा २०८० साला तिर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक रहेको बेला पदको दुरुपयोग गरी सापकोटाले २५ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो ।
सापकोटाले विभिन्न ठाउँमा सम्पति जोड्नुको साथै बिलाशी जीवनशैली बिताइरहेका छन् । नेपाल सरकारका उपसचिव सापकोटाले श्रीमति र छोराको लागि दुईवटा प्रदेश ३–०१–२२ च ५४९६ र ८६०७ नम्बरको गाडी खरिद गरेको बिषय पनि चर्चामा रहेको थियो ।
भक्तपुरको रोज भिल्लामा पाँच करोड रुपैयाँ बराबरको घर खरिद गरेका सापकोटाले हालसालै ललितपुरको भैसेपाटिमा समेत करोडौ मुल्यको घर खरिदा गरेको स्रोतले बताएको हो ।
स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्र हेटौंडाको निर्देशक भएकै भरमा सापकोटाले अकुत सम्पति आर्जन गरेको भन्दै आज उनि बिरुद्ध अख्तियारमा उजुरी परेको पाइएको हो । सापकोटाको बिरुद्धमा हालिएको उजुरीमा भनिएको छ सापकोटाले पदीय दुरुपयोग गरि बिभिन्न शिर्षकमा करोडौ आर्थिक अनियमितता गरेको कारण आवश्यक छानबिन गरि कारवाहीको माग गर्दछौ” ।
सापकोटा माथि छानबिन हुनु पर्ने बुँदागत विवरणमा निम्न बुँदा समाबेश गरिएको बताइन्छ ।
१. विकास सर्जिकलबाट Liquid Wast खरिद गर्दा ४ करोड हिनामिना ।
२. Hemadialysis Machine मा ३ करोड कमिसन ।
३. संजीवनी सप्लायर्स USG खरिदमा २ करोड हिनामिना ।
३. Wed Tradin सप्लायर्सबाट Wast Machine मा २ करोड कमिसन ।
५. मकुन्द गौतमको विभिन्न कमपनीबाट औषधिजन्य खरिदमा मिलेमतो गरी ५ करोड घुस ।
६. आयुर्वेद औषधिमा ४० लाम घुस ।
७. छपाई, स्टेशनरी समान खरिदमा ८० लाख हिनामिना ।
८. सिटी स्केन खरिदमा २ करोड घुस ।
९. निजी अस्पतालको स्तरोउन्नतीको नाममा ३ करोड दोहोरो पोष्टिङ गरी स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख हुँदा अनियमितता ।
१०. एम्बुलेन्स तथा पिकअप जीप खरिदमा १ करोड अनिमितता ।
११, उपकरण खरिदको लागि ठेक्का नं. HLMC/G/NCB-04-2082-83, HLMC/G/NCB-05-2083-83,HLMC/G/NCB-06-2082-83,HLMC/G/NCB-07-2082-83,HLMC/G/NCB-08-2082-83 र औषधि खरिदको लागि HLMC/G/NCB-09-2082-83, HLMC/G/NCB-010-2082-83 गरी एकै मितिमा ७ वटा बोलपत्र आह्वान गरिएको बिषय छानबिन हुनु पर्ने ।
निर्देशक सापकोटा सित प्रतिक्रिया लिन पटक-पटक टेलिफोन सम्पर्क गर्दा उनि सम्पर्कमा आएनन ।
सापकोटाले पदीय दुरूपयोग गरि नीतिगत भ्रष्टाचार गरेको बिषयमा यति बेला बागमती प्रदेश स्वास्थ्य मन्त्रालय समेतले चासो दिएको मन्त्रालय स्रोतले जनाएको छ । जनताको प्रतक्ष्य सहभागिता रहने स्वास्थ्य क्षेत्रमा सापकोटा जस्ता हाकिमको कारण राज्यले अर्वौ रकम घाटा व्यहोर्दै आएको जानकारहरु बताउछन । सामान्य कर्मचारी हुन् सापकोटा तर पनि सापकोटाको अकुत सम्पतिले सापकोटा कति सम्म भ्रस्ट छन भन्ने पुस्टि गर्दछ ।










प्रतिक्रिया