सूचीकरण नभएका सामाजिक संजाल बन्द गर्ने संचार मन्त्रालयको निर्णय

सामाजिक संजाल बन्द हुने

सूचीकरण नभएका सामाजिक संजाल बन्द गर्ने संचार मन्त्रालयको निर्णय

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ भाद्र २०८२, ०२:४७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
१९ भाद्र २०८२, ०२:४७

सरकारले सूचीकरण नभएका सबै सामाजिक संजाल बन्द गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणको लागि सम्पर्कमा समेत नआएका एपहरुलाई बन्द गर्ने निर्णय गरेको संचार मन्त्रालयका एक कर्मचारीले बताए । सूचना तथा सञ्चार मन्त्रालयले सूचीकरणको लागि सुचना प्रकाशन देखि पत्राचार समेत गरेको थियो ।

सर्वोच्च अदालतले विदेशी सामाजिक सञ्जाललाई पनि अनिवार्य दर्ता गर्नु भनी निर्देशनात्मक आदेश गरेपछि भदौ ९ गते मन्त्रीपरिषदबाट भएको निर्णय अनुसार भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ७ दिन भित्र सुचिकरण हुन निर्देशन दिइएको थियो । नभए बन्द गर्ने भनिएको थियो ।

उक्त समयसिमा हिजो राति १२ बजेबाट सकिएको हो । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचिकरण भएका छन् । त्यस्तै टेलिग्रामसहित अन्य २ एपले दर्ता गर्नको लागि निवेदन दिएका छन् । सूचीकरण नभएकालाई बन्द गर्ने सरकारको निर्णय कहिले बाट कार्यन्वायनमा आउने भन्ने बिषय खुलेको छैन । बन्द गर्ने निर्णय भयो तर कहिले बाट बन्द गर्ने भन्ने यकिन नभएको स्रोतको दावी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस