जुवा खाल बाट ८ जना पक्राउ २ लाख बढी बरामद

पक्राउ

जुवा खाल बाट ८ जना पक्राउ २ लाख बढी बरामद

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ भाद्र २०८२, १०:५७ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
५ भाद्र २०८२, १०:५७

चाड पर्व नजिकिए संगै जुवा-तास कौडा खेल्नेहरुको समूहमाथि नेपाल प्रहरीले  उच्च निगरानी बढाएको छ । ठुलो धनराशी हार जित हुने गरि जुवा खेल्नेहरुलाई प्रहरीले दैनिकी जसो पक्राउ गर्दै आएको पाइएको हो ।

कैलालीमा दुई लाख १३ हजार नगदसहित जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । बुधबार राति साढे ११ बजेको समयमा गौरीगंगा नगरपालिका–८ को मसुरिया बजारमा रहेको चाइनिज कर्नर सेन्टरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कर्नर सञ्चालक गौरीगंगा नगरपालिका–७ बस्ने ३० वर्षीय टेक मन्नीसहितका व्यक्तिहरु छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खानतलासी उनीहरुलाई दुई लाख १३ हजार २७० रुपैयाँ र साढे चार हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ४ गड्डी तास र ९ थान मोबाइल पनि बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मसुरियाको संयुक्त टोलीले जुवाखालमा छापा हानेको थियो । पक्राउ परेका सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस