जुवा खेल्दै गर्दा शेरबहादुर पक्राउ

शेरबहादुरका कुरा

जुवा खेल्दै गर्दा शेरबहादुर पक्राउ

धरापमा पर्यो अध्यक्ष पद

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ असार २०८२, ०४:०८ बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ असार २०८२, ०४:०८

प्रहरिले आज बिहान १ बजेको समयमा बकैया गाउँपालिका ५ बस्ने मिलन थिङको घरमा जुवा खेलिरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरवारी, प्रहरी चौकी हात्तिसुढे र प्रहरी पोष्ट गरगरे बाट गएको २१ जना प्रहरी टोलिले २२ जना जुवाडे पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतले बताए अनुसार उक्त जुवा खालबाट मकवानपुरको बागमती  गाउँपालिका ८ स्थित श्री जनता माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर राना उर्फ क्षितिज पक्राउ परेका हुन् ।

नेपाली कांग्रेसको स्थानीय नेता समेत रहेका शेरबहादुर बिद्यालय व्यवस्थापन समितिको निर्वाचनबाट अध्यक्ष भएका हुन् । बिद्यालय संचालन तथा व्यवस्थापन गर्नु पर्ने जिम्मेवार पदमा रहेका शेरबहादुर जुवा खेल्दै गर्दा पक्राउ पर्नुले बिद्यालयकै बदनाम भएको स्थानीयले बताएका छन ।

निर्माण व्यवसायी समेत रहेका शेरबहादुर जुवा खाल बाट पक्राउ परे पछी उनलाई छुटाउन नेपाली कांग्रेस निकटका केहि नेता लागि परेको स्रोतको दावी रहेको छ । बिद्यालय जस्तो संबेदनशिल क्षेत्रको जिम्मेवार व्यक्तिनै जुवा खाल बाट पक्राउ पर्नु दुर्भाग्य भएको बिद्यालयका एक कर्मचारीले बताए । प्रहरीले जुवाखाल बाट २२ जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको बताएको छ ।

प्रहरिले जुवा खाल बाट ३ सेट कौडा सहित आठ लाख छत्तिस हजार चालीस रुपैयाँ बरामद गरेको थियो  ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस