मकवानपुरको बकैया गाउँपालिका ५ राजदमारबाट हारजित हुने गरि जुवा खेली रहेको अवस्थामा प्रहरिले घेरा हाली २२ जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको हो ।
प्रहरिले आज बिहान १ बजेको समयमा बकैया गाउँपालिका ५ बस्ने मिलन थिङको घरमा जुवा खेलिरहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय फापरवारी प्रहरी चौकी हात्तिसुढे र प्रहरी पोष्ट गरगरे बाट गएको २१ जना प्रहरी टोलिले २२ जना जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिनु भएको हो ।
प्रहरिले जुवा खाल बाट ३ सेट कौडा सहित आठ लाख छत्तिस हजार चालीस रुपैयाँ बरामद गरेको थियो ।
जुवा खेली रहेको अवस्थामा पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका ५ राजदमार बस्ने घर जुवा घर चलाउने मिलन थिङ , हेटौंडा उपमहानगरपालिका १८ बस्ने कमल थापा सिन्धुली दुधौली न.पा.२ बस्ने कैलाश धामी हेटौडा उ.म.न.पा. ८ कमाने बस्ने फडिन्द्र प्रसाद घिमिरे हेटौडा उ.म.न.पा. १६ हटिया बस्ने रमेश महत बागमती गा.पा. ६ पाथीभारा बस्ने शेर ब. राना सोही स्थान बस्ने दिपक दोङ रवि चौधरि रौतहट गौर बस्ने ईश्वर चौधरी बकैया गा.पा. ७ बस्ने रोहन लुङबा हेटौडा उ.म.न.पा. ४ हुप्रा बस्ने लामा बागमती गा.पा. ७ बस्ने बिजय तामाङ रौतहट बोधिमाई न.पा. ८ बस्ने बिजय साह कलवार बकैया गा.पा. ४ जुरेली बस्ने गहेन्द्र बहादुर थिङ बागमती गा.पा. ७ बस्ने राज कुमार फुयाल अणराज राउत सिन्धुली मरिन गा.पा. ३ बस्ने बेनि बहादुर मुक्तान उमेश माझी कमलामाइ न.पा. १० बस्ने शेर बहादुर थापा हेटौडा उ.म.न.पा. ९ लामसुरे बस्ने दिनेश लामा हेटौडा ८ कमाने बस्ने चित ब. पाख्रिन हेटौडा १८ ठुलो दमार बस्ने अशोक श्रेष्ठ रहेको प्रहरिले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले बताएको हो ।










प्रतिक्रिया