हेटौंडा उपमहानगरपालिका १० टिसिएन रोडमा रहेको अनमोल स्विट्स मिष्ठान्न भन्डारले दुर्गन्धित मिठाई बिक्री गर्दा समेत मकवानपुरको स्थानिय प्रशासनले चासो नलिदा सेवा ग्राहिले सास्ती भोग्नु परेको छ भने नागरिकको स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरि खेलवाड हुँदा सरोकारवाला निकाय जिम्मेवार बन्न सकेको छैन ।
हेटौंडाको अनमोल स्विट्स हेटौंडाको अधिकाश सरकारी निकायमा पुग्ने भएता पनि उक्त मिष्ठान्न भन्डारको चरम लापरबाही हुँदा समेत प्रशासनले नियमन गर्न नसक्नुले जहाँ गुलियो त्यहीँ प्रशासन भुलियो भन्ने अवस्था अनमोल माथिको संरक्षणले प्रष्ट पारेको छ ।
केही दिन अगि हेटौंडाको एक ग्रहाकले खरिद गरेको मिठाइँमा गन्ध देखिए पछि अनमोलको मिठाइँमा कैफियत देखिएको हो । विभिन्न सन्चरमाध्यमले समचार प्रकाशन गरि अनमोल स्विट्सको मिठाई गुणस्तरहिन भनेर समचार प्रकाशन गर्दा समेत प्रशासनले चासो नदिएको आरोप लाग्दै आएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर उपभोक्ता हित संरक्षण मन्च खाद्य तथा गुणनियन्त्रण कार्यालय मकवानपुर लगायतका सरोकारवाला निकायले अनमोल स्विटसलाई संरक्षण गर्नुले बिधिको शासनलाई अन्देखा गरेको प्रष्ट हुन्छ । नागरिकको स्वास्थ्यमा प्रतिकुल असर हुने गरि खाध्य सामाग्रीमा अनमोलको यो लापरबाही कहिले सम्म ?










प्रतिक्रिया