स्थानीय सरकारका वडा प्रमुख वडा अध्यक्षको निधनको कारण आज शोक बिदा दिने भएको हो । रोल्पाको थबाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको उपचारको क्रममा निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
रोल्पाको उवा निवासी घर्तीमगरको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा सोमबार दिउँसो निधन भएको थियो ।
वडाध्यक्षको निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको पालिका अध्यक्ष ऋषिकेश बुढामगरले जानकारी दिए ।
उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए । नेकपा माओबादीमा उनी सागर उपनामले चिनिन्थे ।
प्रकाशित मिति: १० असार २०८२, ०९:०० बजे










प्रतिक्रिया