जिल्ला ट्राफिक कार्यालय मकवानपुरको आयोजना तथा नेपाल प्रहरी राजमार्ग शुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको सहकार्यमा दुर्घटना न्यूनीकरण सम्बन्धि कार्यक्रम सम्पन्न्न भएको छ ।
बागमती प्रदेशमा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरण सचेतना अभिबृद्धी सम्वन्धी छलफल तथा प्रतिबद्धता कार्यक्रम आज प्रदेश प्रहरी कार्यालय मकवानपुरमा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा आज बिभीन्न सरोकारवाला पक्षहरुलाई राखेर यो कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन् बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक अरुण पौडेलले उद्घाटन् गरे । कार्यक्रममा सहभागि यातायात व्यासायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दूर्घटना न्यूनीकरणमा सहयोग गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर पनि गरेका छन् ।
यसैगरी कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ । अब मकवानपुरमा र बागमती प्रदेशमा समेत चन्ले यातायातका साधनहरुले झल्लर हटाउनुपर्ने छ । भने प्रेसर हर्न र फोकस लाइट प्रयोग गर्न पाइने छैन ।
कार्यक्रममा प्रहरी बरिष्ठ उपरिक्षक प्रभु प्रसाद ढकाल, प्रहरी उपरिक्षकहरु नरेशराज सुवेदी, विश्वराज खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, समाजसेवी शिद्धीलाल श्रेष्ठ, नारायणी यातायात व्यावसायीसंघका महाँसचिब सरोज खनाल, नारायणी यातायात व्यावसायी कम्पनिका निर्देशक माधब अधिकारी लगायतकाले दूर्घटना न्यूनीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमको बिषयमा जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बच्चु राम फुयालले कार्यक्रमको बिषयमा प्रस्टीकरण दिनु भएको थियो । सरोकारवाला निकाय संग को छलफल बाट आगामी दिनमा दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले झल्लर, प्रेशर हर्न, फोकस लाइट जस्ता बिषयलाई प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।










प्रतिक्रिया