आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै संयुक्त जनआन्दोलन समितिले आज गर्ने भनेको काठमाडौं बन्दको कार्यक्रम फिर्ता लिएको छ । जेठ १५ गते देखि काठमाडौं केन्द्रित आन्दोलन गरि रहेको राजावादी समूहका नेता तथा कार्यकर्तालाई हिजो पक्राउ गरेको थियो । नेता कार्यकर्ता पक्राउ परे लगत्तै जेठ १९ गते आज काठमाण्डौ बन्द गर्ने चेतावनी सहित संयुक्त जनआन्दोलन समितिले परे नोट सार्वजनिक गरेको थियो ।
राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’
आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।
त्यसैले बन्द पनि फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ । काठमाडौं बन्दको कार्यक्रम फिर्ता लिएको भए पनि प्रदर्शनलाई भने नियमितता दिने जनाइएको छ ।










प्रतिक्रिया