शुक्रवार साँझ परेको बर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ तर्फको डाइभर्सन बगाउँदा बन्द भएको कान्तिलोकपथ अहिले बिहान बाट पूर्ण रुपमा संचालनमा आर्को जिल्ला प्रहरी कार्यालय मकवानपुरका सुचना अधिकारी श्यामु अर्यालले जानकारी दिनु भएको हो ।
हेटौँडालाई काठमाडौँसँग जोड्ने कान्ति लोकपथ अवरुद्ध हुँदा सयौं सवारी साधन र यात्रुहरु अलपत्र परेका थिए । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८, बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा रहेको बागमती पुलको छेउमा भरिएको ग्राभेल र माटो वर्षाका कारण बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध थियो ।
बर्सातका कारण खोलामा पानीको बहाव अत्यधिक बढेपछि ग्राभेल र माटो बगाउदा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । हिजो साँझबाटनै सडक सुचारु गराउन सम्बन्धित निकायले प्रयास जारी राखेको भए पनि लगातारको वर्षाको कारण सडक संचालन गर्न सकेको ।










प्रतिक्रिया