अबरुद्ध भएको नारायणगढ–मुग्लिङ सडक खुल्यो

सडक सुचारु

अबरुद्ध भएको नारायणगढ–मुग्लिङ सडक खुल्यो

बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ बैशाख २०८२, १०:४० बजे
बागमती एक्सप्रेस बागमती एक्सप्रेस
२८ बैशाख २०८२, १०:४०

बिहान देखि अबरुद्ध रहेको नारायणगढ–मुग्लिङ सडक सुचारु भएको छ ।

वीरगन्जबाट काठमाडौँ जाँदै गरेको मधेस प्रदेश०३–००१ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक आज बिहान चितवनको  इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा पल्टिँदा अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक सुरु भएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी गराएको हो  ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार  ट्रक अन्यत्र सारिएपछि सडक सुरु भएको हो । दुर्घटनामा मानवीय क्षति भने  नभएको उनले  बताए ।

सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौँ सवारीसाधन बाटोमा नै रोकिएका थिए । हाल सडक सुरु भए पनि लामो जामका कारण यात्रु सकसमा परेका छन् । प्रहरी र ट्राफिक प्रहरीको सहयोगमा जाम खुलाउने कार्य भैरहेको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बागमती एक्सप्रेस

बागमती एक्सप्रेस