आज बिहान मकवानपुरको राक्सिराङ गाउँपालिका ९ अठारे स्थित भित्रि सडक खण्डमा खैराङबाट मनहरी तर्फ आउदै गरेको बा १५ च १३३३ नम्वरको बलोरो अचानक सडक देखी अन्दाजी ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिनु भएको छ ।
बोलेरो गाडी दुर्घटनाको खबर प्राप्त हुनसाथ प्रहरी चौकी कान्द्राङ मकवानपुरबाट प्रहरी सहायक निरिक्षक भरत कुमार खड्काको कमाण्डमा गएको टोलिले बलेरोमा सवार चालक सहित ९ जना सवार रहेको, र नौ जना मध्ये ६ जना गम्भीर घाईते भएको र ३ जना सामान्य रहेकोले घाईतेहरुलाई स्थानियबासिको सहयोगमा उद्धार गरी उपचारको लागी मनहरी अस्पताल तर्फ ल्याइदै गरेको जनाएको हो ।
बोलेरो दुर्घटनाबाट गम्भीर घाइते हुनेमा मकवानपुर राक्सिराङ ९ बस्ने बर्ष १६ को हिमाल बस्नेत सोहि ठाउँ बस्ने बर्ष ३५ को बुद्धिमान घलान राक्सिराङ ९ बस्ने बर्ष ७५ को डिल बहादुर घलान निजको श्रीमति बर्ष ६५ को फुलमाया घलान सोहि ठाउँ बस्ने बर्ष ३८ कि रुप बहादुर राउत राक्सिराङ ९ बस्ने बर्ष ४८ को दिपक खड्का रहेका छन ।
सामान्य घाइते हुने हरुमा राक्सिराङ ९ बस्ने बर्ष ५० को सुर्य अधिकारी हातमा चोट लागेको सोहि ठाउँका बर्ष १४ को कुमार तामाङ टाउकोमा चोट देखिएको र जिल्ला मकवानपुर राक्सिराङ ९ बस्ने बर्ष २८ को सुजन तामाङ हात खुट्टामा सामान्य चोट लागेको र निजलाई प्रहरी साथमा लगाई उपचारको लागी पठाएको प्रहरी प्रवक्ता अर्यालले बताउनु भयो ।










प्रतिक्रिया