रौतहटको चंद्रपुर नगरपालिका – ४ अन्तर्गत पुर्व-पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ भने हेटौंडा उपमहानगरपालिका १२ बस्ने कुमार पोख्रेललाई इलाका प्रहरी कार्यालय चंद्रपुरले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको हो ।
मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको थियो । उक्त कार हेटौंडा १२ का कुमार पोख्रलले चलाएका थिए । उनीहहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौँडा बाट चन्द्रपुरतर्फ आउँदै गरेको कारले निजगढतर्फ जाँदै गरेको मोटरसाइकललाई आज बिहान सवा ६ बजे ठक्कर दिएको थियो।
कार चालक पोख्रेलले अत्याधिक स्पिडमा कार चलाएकोले अनियन्त्रीतभै दुर्घटना भएको स्थानीयले बताएका छन । इलाका प्रहरी कार्यालय चंद्रपुरका अनुसार उक्त कार पोख्रेलको नभएर उनले रिकंडीसन् बाट लागेको बुझिएको छ । पोख्रेलले चलाएको कारले ठक्कर दिएर बुबा छोरीकोनै मृत्यु भए पछी पोख्रेललाई सवारी ज्यान अन्तर्गतको मुद्धा चलाउने तयारि भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पोख्रेलले चलाएको कारले २ जनाको ज्यान गए पछी मिलापत्र गरेर मुद्धा मिलाउन कांग्रेस बागमती प्रदेश स्तरका नेताले पावर लगाउन सुरु गरेको प्रहरी स्रोतले जानकारी गराएको छ । पोख्रेल कांग्रेस निकट तरुणदलमा आबद्ध रहेका व्यक्ति भएका कारण पनि कांग्रेस नेताहरु मिलापत्र वा सहजीकरणमा जोडबल गरेको हुन् सक्ने बुझिएको छ ।
दुर्घटना बाट ज्यान गुमाएका बाबु छोरी नेकपा एमाले जिल्ला तहका नेता रहेको खुलेको छ । दुर्घटना गराउने कुमार पोख्रेललाई हदै सम्मको कारवाहीको माग गर्दै सहनी परिवारले इलाका प्रहरी कार्यालय चंद्रपुरमा दवाब दिने तयारि रहेको जानकारी प्राप्त भएको छ ।










प्रतिक्रिया